१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नवीन गुरुङ संखुवासभा
२o८१ जेठ ६ आइतबार ११:४३:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

तुवाँलोले १३ दिनदेखि तुम्लिङटार विमानस्थलमा उडान ठप्प 

Read Time : > 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार ११:४३:oo

खाँदबारीका भोलामान गुरुङ सोमबार बिहानै ट्याक्सी चढेर विराटनगरतर्फ लागे। खाँदबारीबाट ट्याक्सीमा सात घण्टामा विराटनगर पुगेर हवाईजहाजमार्फत काठमाडौं गए।

अमेरिका बस्दै आएका गुरुङले केही साताको खाँदबारी घर बसाइपछि कर्मथलो फर्किन झन्झट व्यहोरेका हुन्।

तुम्लिङटार विमानस्थलमा १३ दिनदेखि उडान ठप्प हुँदा सुरक्षित तवरले काठमाडौं पुग्न बिहानै विराटनगर लागेको गुरुङले बताए।

उनले यसअघि पनि तुम्लिङटार विमानस्थलमा जहाज पर्खिँदा–पर्खिँदा दिउँसो २ बजेतिर क्यान्सिल भनिदियो, त्यसैले अहिले बिहानै विराटनगर पुगेर काठमाडौं जाने बताए।

गुरुङ मात्रै होइन, तुम्लिङटार विमानस्थलमा उडान नहुँदा यात्रु, बिरामी र ज्येष्ठ नागरिकहरू मारमा परेका छन्। उनीहरूसँग विराटनगर पुगेर जहाजमा काठमाडौं जानुभन्दा अर्को विकल्प छैन।

लामो समयदेखि उडान नभएपछि अधिकांश यात्रु सडकमार्गबाट गन्तव्यमा पुग्ने गरेका छन् भने कोही विमानस्थल खुल्ने दिन पर्खेर बसेका छन्।

खराब मौसमका कारण तुम्लिङटार विमानस्थल तुवाँलोले ढाकेपछि १३ दिनदेखि उडान ठप्प छ। गएको वैशाख १२ गतेपछि बाक्लो तुवाँलोले विमानस्थलवरपरको डाँडाकाँडा ढाकेपछि हवाई सेवा अवरुद्ध भएको बुद्ध एयरका राजीव पोखरेलले बताए। उनले विमानस्थलवरपरको भिजिबिलिटी नखुलेसम्म उडान हुने सम्भावना नभएको बताए।

उडानका लागि कम्तीमा पाँच किलोमिटर भिजिबिलिटी आवश्यक पर्नेमा अहिले एक किलोमिटर मात्र रहेको नागरिक उड्डयन प्राधिकरण कार्यालय तुम्लिङटारले जनाएको छ।

तुम्लिङटार विमानस्थलमा बुद्ध एयरको एटिआर–७२ ले दैनिक उडान भर्दै आएको थियो। उडान नभएपछि दैनिक ६५ जना भन्दा बढी यात्रु अलपत्र पर्ने गरेका छन्।

तुम्लिङटार विमानस्थलमा एक वर्षअघिसम्म गुण एयरले उडान भर्दै आए पनि अहिले बन्द छ। नेपाल वायुसेवा निगमको जहाजले उडान भर्न बन्द गरेको करिब ६–७ वर्ष भइसकेको छ।

तुम्लिङटार विमानस्थल सधैँ व्यस्त रहने धावनमार्ग हो। विश्वको पाँचौँ अग्लो मकालु हिमालदेखि मकालु बरुण राष्ट्रिय निकुञ्ज अवलोकन र भ्रमणका लागि पर्यटकहरू आउने गर्दछन्।

ad
ad