१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 03 May, 2025
तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:oo:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

सागर र सोमपाल चम्केको खेलमा नेपालसामु १७३ रनको लक्ष्य

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:oo:oo

अन्तिम टी–२० खेलमा वेस्ट इन्डिज ‘ए’ले घरेलु टोली नेपाललाई जितको लागि एक सय ७३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

शनिबार कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७२ रन बनाएको हो।

पाँच सिरिजको अन्तिम खेलमा प्रशिक्षक मोन्टी देसाईले सागर ढकाल र अनिलकुमार शाहलाई मौका दिँदै गुल्सन झा र ललितनारायण राजवंशीलाई बाहिर राखेका छन्। अन्तिम खेलमा सागर र सोमपाल कामी चम्किएपछि वेस्ट इन्डिजले ठूलो स्कोर बनाउन सकेन।

वेस्ट इन्डिजको इनिङ्समा उपकप्तान एलिक एथानाजले सर्वाधिक ४२ रन बनाए। उनले २९ बलमा एक चौका र तीन छक्का प्रहार गरे। कप्तान रोस्टन चेजले ३३ रन बनाए। चेजलाई अभिनाश बोहराले सन्दीप जोराबाट क्याचआउट गराएका हुन्।

म्याथु फोर्डले १२ बलमा तीन छक्कासहित २३ रन हुन्। ओपनर जनसन चार्लेसले २० बलमा २४ रन बनाए। अर्का ओपनर कदिम ऐलेनले ६ बलमा ११ रन बनाए। उनलाई सागरको बलमा कप्तान रोहितकुमार पौडेलले कभरमा सानदार क्याच लिएका हुन्। मार्क डेयलले ११ रन बनाए। 

वेस्ट इन्डिजको इनिङ्समा चेज र एथानाज ३६ बलमा सर्वाधिक ४४ रनको साझेदारी गरेका थिए। जनसन र मार्कले ३८ रनको दोस्रो साझेदारी गरेका हुन्।

नेपालका सागर ढकाल र सोमपाल कामीले सर्वाधिक तीन-तीन विकेट लिए। सागरले २ ओभरमा १७ रन खर्चिँदा सोमपालले चार ओभरमा मात्र १६ रन दिए। अभिनाश बोहराले एक विकेट हात पारे।  प्रतीश जिसी, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल विकेटविहीन रहे। बोहराले चार ओभरमा एक विकेट लिएर ४९ रन खर्चिएर महँगो साबित भए।

नेपाल रिसिजमा दोस्रो जित निकाल्ने दाउमा छ। यसअघि भएको चारमध्ये तीन खेल जित्नै वेस्ट इन्डिजले सिरिज जितिसकेको छ। पहिलो खेल नेपालले दुई बलअघि चार विकेटले जितेको थियो। 

दोस्रो खेल वेस्ट इन्डिजले दश विकेटले जित्दै खेल सिरिज गरेको थियो। तेस्रो खेलमा ७६ रनले जित निकाल्दै सिरिजमा २–१ को अग्रता बनायो। चौथो खेल २८ रनले जित्दै सिरिज एक खेलअघि नै जितेको थियो।