१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार ११:५८:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

छिमेकीकाे नाबालिका छाेरी हत्या आरोपमा आमा-छोरी पक्राउ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार ११:५८:oo

छिमेकीकाे नाबालिका हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सिराहाको सिराहा नगरपालिका १९ जरुवा लक्ष्मीनिया टोलका आमाछोरीलाई पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको छ। 

स्थानीय रमेशकुमार यादवकी छोरी करिब तीन वर्षीया नाबालिका रियाकुमारी यादवको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले रमेका छिमेकी धनिकलाल यादवकी श्रीमती करिब ४७ वर्षीया सोनादेवी यादव र छोरी पूजाकुमारी यादवलाई १४ वैशाखमा घरबाट पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको हो। 

जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मुक्तिनाथ सापकोटाको अनुसार दुवै आमाछोरीविरुद्ध ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा सिराहा जिल्ला अदालतबाट १५ वैशाखदेखि लागू हुने गरी पहिलोपटक सात दिनको म्याद लिई जिल्ला प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको छ।

बिस्कुट खुवाएर फकाएपछि घाँटी थिचेर हत्या

१२ वैशाखको बिहान करिब १० बजेदेखि हराएकी नाबालिका परिवारजन, छरछिमेक, टोलमा खोजी गर्दासमेत फेला नपरेपछि प्रहरीमा उजुरी गरेको उनले जानकारी दिए। 

उनका अनुसार जिल्ला प्रहरी, वडा प्रहरी तथा लगडी गोठ प्रहरीसहित स्थानीय गाउँलेले खोजतलास गर्ने क्रममा तीन दिनपछि १४ वैशाखको राती करिब साढे ११ बजेतिर छिमेकी धनिकलाल यादवको घरको छतमा जाने भर्‍याङकाे चौतरामा मसुरोको झ्याङ्टा नाबालिकाको शव कालो बोरामा लुकाएको अवस्थामा भेटिएको थियो। 

पछिल्लो करिव वर्षदेखि रमेशको घर परिवारसँग हुँदै झैझगडाको रिसइवी साँध्न धनिकलाल यादवको घर आँगनमा खेल्दै पुगेकी नाबालिकालाई पसलबाट किनेर ल्याएको बिस्कुट खुवाएर फकाउँदै घरभित्र पुर्‍याएर आमा छोरीले घाँटी थिची हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। 

घटनाको तीन दिनपछि नाबालिका हत्या आरोपमा आमाछोरी पक्राउ परेपछि धनिकलाल फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।

दुई दिनमा दुई नाबालकको हत्या

पारिवारिक भैझगडाको रिसइवी साँध्न नाबालिकाको हत्या भएको अघिल्लो दिन ११ वैशाखमा पतिसँग सम्बन्धविच्छेद गरी लहानस्थित डेरामा छोरासहित बस्दै आएकी सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका– ५ की करिब ३४ वर्षीया सरिताकुमारी साहविरुद्ध प्रहरीले आफ्नै छोराको हत्या गरेको आरोपमा पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको थियो। 

नाबालक हराएको स्थानीयले सूचना दिएलगत्तै इलाका प्रहरी कार्यालय र प्रहरी चौकीको संयुक्त टोलीले साँझ करिब साढे ५ बजेतिर डेराको खानतलासी गर्दा सरिता सुत्ने कोठाको बक्स पलङकाे घर्राभित्र तन्नामा बेरेको अवस्थामा आयुषको शव फेला पारेको थियो । 

ad
ad