१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार ११:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सिजीले ल्यायो बिएलडिसी सिलिङ फ्यान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार ११:५४:oo

चौधरी ग्रुपअन्तर्गतको सिजी ब्रान्डले बिएलडिसी सिलिङ फ्यान पहिलोपटक बजारमा ल्याएको छ ।बिएलडिसी फ्यान प्रयोग गर्दा परम्परागत फ्यानभन्दा कम्तीमा ४३ प्रतिशत विद्युत् बचत हुने र पफर्मेन्समा कमी नआउने गरी कम आवाजमा निकाल्ने प्रविधि यसमा रहेको कम्पनीले दाबी गरेको छ । 

नेपालमा पहिलो ओईएम ब्रान्डको फ्यानमा बिएलडिसि टेक्नेलोजी रहेको बताइएको छ । साथै, रोबस्ट र रिलायबल बिएलडिसि मोटर भएकाले अरु फ्यानको तुलनामा धेरै टिकाउ हुने कम्पनीले जनाएको छ । बिजुली कहिले कम र कहिले बढी भोल्ट आउने अवस्थालाई ध्यानमा राखेर यो फ्यान ल्याइएको बताइएको छ । कम्पनीका अुनसार ११० देखि २८० बिचको कुनै पनि भोल्टमा फ्यान तीव्र गतिमा घुम्नेछ । 

चार आकर्षक रङमा उपलब्ध यस फ्यानमा रिमोटको पनि सुविधा रहेको छ । यसको खरिदमा ग्राहकले मोटर र पिसिबिएमा दुई वर्षको वारेन्टी पाउनेछन् ।

ad
ad