१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
२o८१ जेठ ७ सोमबार १४:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

करेन्ट लागेर धनुषामा युवककाे ज्यान गयाे 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १४:२३:oo

धनुषामा करेन्ट लागेर ३० वर्षीय एक युवकको मृत्यु भएको छ। आज बिहान ६ बजे बटेश्वर गाउँपालिका– २ रमौली टोलका ३० वर्षीय अमरेशकुमार महतोको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रञ्जन अवाले घटनाको पूर्ण विवरण प्राप्त भइनसकेको बताउँदै वन्यजन्तुबाट बालीनालीको सुरक्षाका लागि खेतबारीमा थापिएको विद्युतीय धराप (करेन्ट)मा परेर महतोको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको बताए। 

महतोको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको र घटना सम्बन्धमा अनुसन्धान भइरहेको उनले जानकारी दिए। 

ad
ad