१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २३ आइतबार o७:३२:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

सूर्य नेपाल काठमाडौं ओपन : पहिलो दिन भुवन शीर्ष स्थानमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o७:३२:oo

भुवन नगरकोटीले मंगलबार सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन इभन पार ६८ को स्कोर गर्दै शीर्ष स्थानमा उक्लेका छन् । उनले रवि खड्का, भुवनकुमार रोक्का र नीरज तामाङलाई एक स्ट्रोकले पछि पारेका छन् । रवि, भुवन र नीरजले पहिलो दिनको खेल १ ओभर ६९ मा सकाउँदै संयुक्त रूपमा दोस्रो स्थान बाँडे ।

२ ओभर ७० को स्कोरका साथ पूर्णप्रसाद शर्मा, धनबहादुर थापा, जयराम श्रेष्ठ, सञ्जय लामा र दिनेश प्रजापतिले संयुक्त रूपमा पाँचौँ स्थानमा रहे । पशुपति शर्मा ३ ओभर ७१ को स्कोरमा दशौँ स्थानमा रहेका छन् । भुवनले फ्रन्ट नाइन २ ओभर ३६ मा सकाए । उनले दोस्रो, तेस्रो र नवौँ होलमा बर्डीको सामना गरे । ब्याक नाइनमा उनले १०औँ, ११ औँ र १५औँ होलमा एक–एक सट बचाए । १७औँ होलको बोगीले उनी ब्याक नाइन २ अन्डर ३२ स्कोरमा पुगे । 

रविले सुरूवात खराब गरे । दोस्रो, तेस्रो, सातौँ र नवौँ होलमा बोगी खेल्दै उनले फ्रन्ट नाइन ४ ओभर ३८ स्कोर गरेका थिए । उनले ब्याक नाइनमा ३ अन्डर ३१ स्कोर गरेका थिए । भुवन रोक्काले फ्रन्ट नाइन १ ओभर ३५ स्कोर गरेका थिए । पहिलो र तेस्रो होलमा बोगी प्रहार गरेका भुवनले दोस्रो, चौथो र पाँचौँ होलमा एक–एक सट बचाए । उनले ब्याक नाइनको सबै नौ होलमा नै पार जोगाए । 

नीरजले दोस्रो होलमा बर्डी प्रहार गरेका थिए । पाँच पारको चौथो होलमा इगल निकालेका उनले तेस्रो र नवौँ होलमा एक–एक सट खेर फाले उनले फ्रन्ट नाइन १ अन्डर ३३ स्कोर गरेका थिए । १६औँ होलको बर्डीले उनले ब्याक नाइन २ ओभर 
३६ को स्कोर गरे । 

एमेच्योरतर्फ टासी छिरिङ र सदभाव आचार्य संयुक्त रूपमा शीर्ष स्थानमा रहेका छन् । दुवैले ४ ओभर ७२ स्कोर गरे । सूर्य नेपाल गल्फ टुरमा डेब्यु गरेका सुवास तामाङले पहिलो दिन ४ ओभर ७२ को प्रदर्शन गरे । उनी समग्रमा एमेच्योरद्वय टासी र सदभावसँग संयुक्त रूपमा ११औँ स्थानमा रहेका छन् ।

ad
ad