अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अमेरिकी पिआर लिएका पौडेलले झुटा विवरण पेस गरी नेपालमा सार्वजनिक पद धारण गरेको अभियोगमा अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
आइतबार बयान लिन नभ्याइएकाले सोमबार उपस्थित गराउन न्यायाधीशद्वय तेजनारायणसिंह राई र रामबहादुर थापाको इजलासले आदेश दिएको विशेषका अधिकृत यज्ञराज रेग्मीले जानकारी दिए।
पौडेलमाथि यसअघि २०८० वैशाख ३ मा दर्ता भएको भ्रष्टाचारको अर्को मुद्दासमेत विचाराधीन अवस्थामा छ।