१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:३४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

टेलिकमका प्रबन्धक निर्देशक पौडेलसँग २४ करोड गैरकानुनी सम्पत्ति, अख्तियारद्वारा दोस्रो मुद्दा दायर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:३४:oo

नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनील पौडेलसँग २३ करोड ७५ लाख ४६ हजार गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। 

उनले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति विदेशमा समेत लुकाएको र दाइ अनिल पौडेलको नाममा घरजग्गामा लगानी गरेको आयोगको दाबी छ। 

उनीसँग २४ करोड ९४ लाख ७१ हजार कुल सम्पत्ति रहेकोमा त्यसमध्ये एक करोड १९ लाख २४ हजार रुपैयाँबराबरको मात्र स्रोत खुलेको आयोगले जनाएको छ। 

पौडेल२०६४ सालदेखि सरकारी सेवामा आबद्ध भएका हुन्। सुरुमा उनी राष्ट्रिय सूचना प्रविधि केन्द्र सिंहदरबारमा प्रशासकीय अधिकृतको रूपमा प्रवेश गरेका थिए। त्यति वेला एक वर्ष मात्र काम गरेका उनी २०६५ सालमा पुनः केन्द्रमा कम्प्युटर इन्जिनियर पदमा करारमा भर्ना हुँदा १० वर्ष काम गरे। 

२०७५ को साउनदेखि २०७८ को चैतसम्म उनी त्यहाँ कार्यकारी निर्देशक पदमा काम गरेकोमा २०७८ चैतमा नेपाल टेलिकमको प्रबन्धक निर्देशक नियुक्त भएका थिए। पदमा कार्यरत नै रहेको वेला उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि उनी गत असोजमा निलम्बनमा परेका हुन्। उनलाई आयोगले गत १० माघमा पक्राउ गरेको थियो। 

उनीविरुद्ध अन्य भ्रष्टाचार मुद्दामा पनि अनुसन्धान भइरहेको आयोगले जनाएको छ। नेसनल पेमेन्ट गेटवेसम्बन्धी भ्रष्टाचार मुद्दामा गत शुक्रबार मात्र विशेष अदालतले उनलाई दोषी ठहर गरेको थियो।