2024-04-20-02-27-29.jpeg)
विश्व पृथ्वी दिवसका अवसरमा काठमाडौंमा सरसफाइ अभियान सुरु भएको छ। युनिभर्सल पिस सेन्चुरीमार्फत विभिन्न संघ संस्थाको सहकार्यमा शनिबार विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा सरसफाइ गरिएको छ।
अभियानअन्तर्गत आइतबार पशुपतिनाथ र सोमबार बौद्ध क्षेत्रमा सरसफाइ गरिने अभियानका समन्वयकर्ता नवीन महर्जनले बताए। शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म स्वयम्भूपरिसरमा सरसफाइ गरिएको हो।
सरसफाइ गर्दा संकलन भएको फोहोरमध्ये कागज, कपडा, प्लास्टिक र सिसा पुनः चक्रणका लागि पठाइएको छ भने कुहिने फोहोर मात्र ल्यान्डफिल साइट पठाइएको छ। महर्जनका अनुसार संकलितमध्ये ८५ प्रतिशत फोहोर पुनः चक्रण हुने गरेको छ। बाँकी १५ प्रतिशत मात्र ल्यान्डफिल साइटमा विसर्जन गरिनेछ।
हरेक वर्ष २२ अप्रिलमा विश्व पृथ्वी दिवस मनाइन्छ। यस वर्षको विश्व पृथ्वी दिवसको नारा ‘पृथ्वी र प्लास्टिक’ राखिएको छ।
हेर्नुहाेस् तस्बिरहरू :