१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
रासस हेलसिन्की
Invalid date format १८:४८:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

फिनल्यान्डलाई अस्थिर बनाउन पुटिनले आप्रवासन समस्या सिर्जना गरेको इयू प्रमुखको आरोप

Read Time : > 1 मिनेट
रासस, हेलसिन्की
नयाँ पत्रिका
Invalid date format १८:४८:oo

युरोपेली संघकी प्रमुख उर्सुला भोन डेर लेयेनले रुसले छिमेकी मुलुक फिनल्यान्डमाथि आफ्नो ‘नश्लवादी’ आक्रमणलाई केन्द्रित गरिरहेको र आप्रवासीको प्रयोग गरेर फिनल्यान्डलाई अस्थिर बनाउने प्रयास गरिरहेको बताएकी छिन्। 

अगस्टयता रुससँगको सीमानाका हुँदै करिब एक हजार आप्रवासी विनाभिसा फिनल्यान्ड आइपुगेपछि फिनल्यान्डले डिसेम्बरको मध्यमा आफ्नो पूर्वी सीमा बन्द गरेको थियो।

दुई छिमेकी मुलुकबीच एक हजार तीन सय ४० किलोमिटर लामो सीमा साझा रहेको छ। हेलसिन्कीले शरण खोज्नेहरूको संख्यामा रुसको भूमिकाका कारण वृद्धि भएको आरोपलाई मस्कोले अस्वीकार गरेको छ।

‘सन् २०२१ को नोभेम्बरमा बेलारुसले लातभिया, पोल्यान्ड र लिथुआनियामाथि गरेको नश्लवादी आक्रमणपछि पुटिन र उहाँका सहयोगीहरूले आप्रवासीहरूलाई हाम्रो प्रतिरक्षा परीक्षण गर्न र हामीलाई अस्थिर पार्ने प्रयास गर्न कसरी अघि बढेका छन् भन्ने हामी सबैलाई थाहा छ,’ भोन डेर लेयेनले शुक्रबार पत्रकारहरूसँग भनिन्, ‘अहिले पुटिन फिनल्यान्डमा केन्द्रित रहनुभएको छ।’

सन् २०२१ मा छिमेकी पोल्यान्ड, लिथुआनिया र लाट्भियामा आप्रवासीहरूको आगमनलाई बेलारुसले प्रोत्साहन गरेको थियो। यसले युरोपेली संघ र मिन्स्कबीचको सम्बन्धमा गम्भीर गिरावट ल्यायो।

रुसी सीमाबाट करिब ३० किलोमिटर टाढा रहेको फिनल्यान्डको लाप्पिन्रान्ता सहरमा फिनल्यान्डका प्रधानमन्त्री पेट्टेरी ओर्पोसँगको भेटपछि भोन डेर लेयेनले फिनल्यान्डको पूर्वी सीमामा आप्रवासन रोक्न फिनल्यान्ड र इयूले के गर्न सक्छन् भन्ने विषयमा छलफल गरेका छन्।

फिनल्यान्डका आठवटा सीमानाकाहरू बन्द गर्ने समयावधि धेरैपटक लम्ब्याइएको थियो र अप्रिलमा सरकारले ‘अर्को सूचना नआएसम्म’ बन्द रहने बताएको थियो।

युरोपेली संघका प्रमुख भोन डेर लेयेनले भनिन्, ‘युक्रेनलाई तपाईंको दृढ समर्थन र नेटोमा समावेशको जवाफमा रूसको नश्लवादी आक्रमण पक्का छ।’ सन् २०२२ मा युक्रेनमा भएको आक्रमणपछि फिनल्यान्ड र रुसको सम्बन्धमा तिक्तता आएको थियो।

सन् २०२३ को अप्रिलमा फिनल्यान्ड नेटोमा सामेल भएपछि मस्कोले फिनल्यान्डसँगको दशकौँ लामो सैन्य असंलग्नताको नीतिलाई उल्ट्याउँदै ‘प्रतीकारात्मक कदम’ चाल्ने चेतावनी दिएको थियो। फिनल्यान्डले हाल कुल सीमा बन्द गर्नुका साथै यस घटनालाई सम्बोधन गर्न आप्रवासनलाई प्रतिबन्धित गर्ने उद्देश्यले कानुन तयार गरिरहेको छ।