१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:२७:oo
Read Time : > 1 मिनेट
साहित्य डिजिटल संस्करण

नेपाल-भारत सम्बन्धबारे पूर्वराजदूत राजन र ठाकुरको पुस्तक प्रकाशन

१८ वैशाखमा बिमोचन हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:२७:oo

नेपाल–भारत सम्बन्धबारे नेपालका लागि भारतीय पूर्वराजदूत केभी राजत र स्थापित स्तम्भकार अतुलकुमार ठाकुरले लेखेको ‘काठमाडौं क्रनिकल : रिक्लेमिङ इन्डिया-नेपाल रिलेसन’ पुस्तक प्रकाशित भएको छ। 

भारतको पेन्गुइन र्‍यान्डम हाउस इन्डियाले प्रकाशन गरेको पुस्तक ३० अप्रिल (१८ वैशाख)मा विमोचन हुनेछ। 
नेपालको राजनीतिक उथलपुथल,  नेपालको भविष्यका सम्भावना तथा नेपाल र भारतबीच पुरानो, तर जटिल सम्बन्धमा नयाँ खुलासा र परिप्रेक्ष्यसहित पुस्तक प्रकाशन भएको लेखकमध्येका एक ठाकुरले जानकारी दिए। 

राजन, भारत सरकारको विदेश मन्त्रालयका पूर्वसचिव र नेपालका लागि पूर्वराजदूत हुन्। उनले नेपाल र भारतबीच महाकाली सन्धि हुँदा राजदूतका रूपमा भूमिका निर्वाह गरेका थिए। ठाकुर  पिएचडी चेम्बर अफ कमर्स भारतको नेपाल भारत केन्द्रका सचिव हुन्।  

पुस्तकमा नेपालको लोकतान्त्रिक आन्दोलनका पक्ष, निरंकुश राजतन्त्रबाट संघीय लोकतान्त्रिक गणतन्त्रमा र हिन्दु राज्यबाट धर्मनिरपेक्षमा नेपालको संक्रमण, माओवादी विद्रोह, नयाँ संविधान निर्माण, यसको विदेश नीतिको विकल्प, चीनको विस्तारित पदचाप तथा नेपाल–भारत सम्बन्धका आयाम समेटिएको उनले बताए। 

इतिहासका अहिलेसम्म सार्वजनिक नभएका महत्वपूर्ण विषय पनि पुस्तकमा उजागर भएको उनले जानकारी दिए । 

पुस्तकमा इन्डियन एयरलाइन्स आइसी ८१४ को काठमाडौंबाट अपहरण, राजा वीरेन्द्रसहित परिवारको नरसंहार, राजा ज्ञानेन्द्रले लोकतन्त्रको विरुद्धमा गरेको ‘कु’लगायतका विषय समेटिएको छ।

किताबमा नेपाल र भारतको ‘विशेष सम्बन्ध’ले बारम्बार भोगेको अवरोधका दीर्घकालीन असरलगायत पनि समेटिएको लेखक ठाकुरले जानकारी दिए । 

कोभिडपछिको विश्वको भूराजनीतिक अनिश्चिततासँग नेपाल र भारत सम्बन्धको प्रासंगिकतालगायतलाई पनि पुस्तकमा उल्लेख छ। 

नेपालका लागि भारतको तर्फबाट सबैभन्दा लामो समयसम्म राजदूत रहेका लेखक राजनले भने, ‘भारत र नेपालले विगतबाट पाठ सिक्नुपर्छ, तर त्यसमै बस्नुहुँदैन। उनीहरूले भोलिका पुस्ताका आवश्यकता र अपेक्षाहरूका लागि नमुना सम्बन्ध निर्माण गर्न सक्छन्, नयाँ मानसिकता र अभिनव दृष्टिकोणका साथ आफ्नो अद्वितीय साझा सभ्यता सम्बन्धको निर्माण गर्न सक्छन्।’ 

स्तम्भकार तथा किताबका अर्का लेखक ठाकुरले भने, ‘नेपाल र भारतसँगको सम्बन्धबारे दुवै देशका विद्वान् र विदेश नीतिका अभ्यासकर्ताले लेखेका छन् । तैपनि धेरै अनुत्तरित प्रश्न बाँकी छन् । हामीले यो कुरा किताबमा उजागर गरेका छौँ ।’

प्रकाशन संस्थाका प्रेमंका गोस्वामीले उतार–चढाव अनुभव गरेको नेपाल–भारत विशेष सम्बन्धका मुद्दाहरू र यिनका कारणहरू के हुन् ? दुई देशबीच यति धेरै विश्वास किन छन् ? भन्ने विषयलगायत पुस्तकले नेपाल–भारत सम्बन्धका धेरै विषयलाई सतहमा ल्याएको बताए ।