१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
रासस हङकङ
Invalid date format १८:o३:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र ५.३ प्रतिशतले वृद्धि

Read Time : < 1 मिनेट
रासस, हङकङ
नयाँ पत्रिका
Invalid date format १८:o३:oo

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार भएको छ। वृद्धि र बलियो मागलाई उत्तेजित गर्ने नीतिहरूले आर्थिक वृद्धिलाई मद्दत गरेको सरकारले जनाएको छ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनमा जनवरी–मार्चमा वार्षिक आधारमा ५.३ प्रतिशतले आर्थिक वृद्धि भएको छ। विश्लेषकहरूले ४.८ प्रतिशतले वृद्धि हुने अनुमान गरेका थिए। अघिल्लो त्रैमासिकको तुलनामा अर्थतन्त्र १.६ प्रतिशतले बढेको छ।

चीनको अर्थतन्त्रले कोभिड– १९ महामारीबाट सुधारमा आउन संघर्ष गर्नुपरेको छ। कोभिड– १९ महामारीका कारण मागमा मन्दी र रियल इस्टेटमा देखिएको संकटका कारण आर्थिक विकास प्रभावित भएको थियो।

चीनले आफ्नो निर्यात मार्चमा अघिल्लो वर्षको तुलनामा ७.५ प्रतिशतले घटेको र आयात पनि कमजोर भएको बताएको थियो। मुद्रास्फीतिका कारण रियल इस्टेट क्षेत्रमा देखिएको संकटले सुस्त मागको अपस्फीति दबाबलाई प्रतिबिम्बित गर्दछ।

पहिलो त्रैमासिकका लागि औद्योगिक उत्पादन गत वर्षको तुलनामा ६.१  प्रतिशतले माथि रहेको र खुद्रा बिक्री ४.७ प्रतिशतको वार्षिक आधारमा बढेको छ। कारखाना र उपकरणमा स्थिर लगानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.५ प्रतिशतले बढेको छ।

अक्सफोर्ड इकोनाेमिक्सका चिनियाँ अर्थशास्त्री लुइस लूका अनुसार जनवरी–मार्चमा मजबुत वृद्धिलाई ‘व्यापक उत्पादनको राम्रो प्रदर्शनले सहयोग गरेको छ। चन्द्र नववर्षको बिदा र नीतिहरूका कारण उत्सवमा बढेको घरेलु खर्चले लगानीलाई बढाउन सहयोग गरेको छ।

बेइजिङले अर्थतन्त्रलाई बढाउन चाहेकाले नीति–निर्माताहरूले वित्तीय र मौद्रिक नीति उपायहरूको एउटा शृंखला जारी गरेका छन्। चीनले  सन् २०२४ का लागि करिब पाँच प्रतिशतको महत्त्वाकांक्षी कुल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धि लक्ष्य निर्धारण गरेको छ।

यस्तो बलियो वृद्धिले सामान्यतया क्षेत्रभर सेयर मूल्य उच्च पार्ने भए पनि मंगलबार वाल स्ट्रिटमा स्टकहरू पछि हटेपछि एसियाली सेयरहरू तीव्र रूपमा घटेको छ।