१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
Invalid date format १६:१४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पर्यटन क्षेत्रकाे पूर्वाधार निर्माणमा निजी क्षेत्रले सहकार्य गर्छ : अध्यक्ष ढकाल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:१४:oo

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले धार्मिक तथा पर्यटन क्षेत्रका पूर्वाधार निर्माणका निम्ति निजी क्षेत्रले सहकार्य गर्ने बताएका छन्।

उनले पर्यटन क्षेत्रको विकासका निम्ति धार्मिक तथा ऐतिहासिक क्षेत्रको विकास गर्न जरुरी रहेको हुँदा त्यसका निम्ति निजी क्षेत्रले सहकार्य गर्ने तयार रहेको बताएका हुन्।

बागलुङको ऐतिहासिक शक्तिपीठ कालिका भगवती मन्दिरपरिसरमा आयोजित चैत्राष्टमी मेलाको मुख्य समारोहमा बोल्दै ढकालले नेपालका हरेक धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास र संरक्षणमा निजी क्षेत्रले सहकार्य गर्ने बताएका हुन्।

‘हामी संघ, प्रदेश र स्थानीय तहसँग सहकार्य गरेर पर्यटकीय क्षेत्रको विकासमा सहकार्य गर्नेछौँ,’ ढकालले भने, ‘गण्डकी प्रदेशको बागलुङ जिल्ला पर्यटनको हबको रूपमा विकास भएको हेर्न चाहन्छौँ। यसमा निजी क्षेत्रले पनि सहकार्य गर्ने छन् र पर्यटन पूर्वाधार विकासमा सहयोगी बन्नेछन्।’

उनले बागलुङ आफ्नो गृह जिल्ला भएका कारण यहाँको प्रमुख धार्मिक शक्तिपीठ कालिका भगवती मन्दिर, भैरवस्थान, पञ्चकोट, विहुँकोटजस्ता दर्जनौँ सम्पदाको विकासका निम्ति निजी क्षेत्र लगानी गर्न तयार रहेको बताए। ढकालले पर्यटन भुलाउनका निम्ति पूर्वाधार विकास पहिलो प्राथमिकतामा राखेर यसमा जोड दिनुपर्ने बताए।

‘यस क्षेत्रको पर्यटन विकासका निम्ति निजी क्षेत्रको साझेदारीको हिसाबले सहकाय गर्नेछौँ,’ धौलागिरी क्षेत्रको विकासका निम्ति चीनसँग जोडिएको कोराला नाकालाई व्यवस्थित गरेर सञ्चालन गर्न सक्यौँ भने अझै फाइदा हुनेछ ढकालले भने, ‘यसमा निजी क्षेत्रले के सहयोग गर्नुपर्नेछ त्यसमा समन्वय गरौँ, कोराला नाकालाई व्यवस्थित गरेर नियमित सञ्चालन गर्ने कुरामा जोड दिऊँ।’

उनले बागलुङकालिका मन्दिर देशकै प्रमुख धार्मिक पर्यटकको गन्तव्यको रूपमा विकास भएको हुँदा यसको संरक्षण र प्रवर्द्धनका निम्ति सबैले सहयोग गर्न जरुरी रहेको बताए।

ढकालले चैत्राष्टमी मेला एउटा इतिहास बोकेको मेला भएको हुँदा यसलाई अझै व्यवस्थित गर्नका निम्ति सहकार्य गरेर अगाडि बढ्ने बताए। उनले यहाँ उत्पादन भएको वस्तुको बजारीकरणका निम्ति उद्योग वाणिज्य संघलगायतले सहकार्य गरेर सहजता गराउनुपर्नेमा जोड दिए।

गत चैत ३० गतेदेखि सञ्चालन भएको चैत्राष्टमी मेला वैशाख ६ गतेसम्म सञ्चालन हुनेछ। मेलामा राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिता, खुला दोहोरी गीत प्रतियोगिता, खुला छेलो प्रतियोगितालगायतका कार्यक्रम सञ्चालन गरिएको मेला मूल आयोजक समितिका संयोजक एवं कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए।