१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार ११:४९:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

धादिङको बेनीघाट रोराङ गाउँपालिका २ मा निःशुल्क शिक्षा घोषणा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार ११:४९:oo

धादिङको बेनीघाट रोराङ गाउँपालिका– २ ले अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गरेको छ। सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन र गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले एक कार्यक्रमबीच सोमबार निःशुल्क शिक्षा घोषणा गरेको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक)ले शिक्षक, सरकारी जागिरे तथा राजनीति गर्ने सबैले आफ्नो छोराछोरी सरकारी विद्यालयमै अध्यापन गराउनुपर्ने बताएका छन्। 

सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधार गर्न पहिले आफ्नो छोराछोरी सरकारी विद्यालयमा अध्यापन गराए मात्रै माया र आफ्नोपन हुने भन्दै सबैलाई अनुरोध गरेका छन्।

त्यस्तै, शिक्षकले राजनीति गरेर हिँडेको प्रमाण भेटिए कारबाही गरिने पनि उनले बताए। ‘विद्यार्थी पढाउन जागिर खाएका शिक्षक पार्टीको झण्डा बोकेर हिँडेका थुप्रै उदाहरण छन्। तर, आगामी दिनमा त्यस्तो भेटिए जागिरै जान सक्छ,’ उनले भने।

शैक्षिक सुधार गर्न शिक्षकले चासो र चिन्ता लिनुपर्ने उनले बताए। उनले भने, ‘विद्यार्थीको सिकाइ उपलब्धि र शैक्षिक सुधार ल्याउन पालिका सहयोग गर्न तयार छ। तर, तपाईं शिक्षकले पहल गर्न जरुरी छ। शिक्षकले जिम्मेवारी पूरा गर्ने हो भने शिक्षाको गुणस्तरमा सुधार हुन्छ।’ विद्यार्थीको भविष्य शिक्षकको हातमा भएको बेनीघाट रोराङ गाउँपालिकाका उपाध्यक्ष टापबहादुर श्रेष्ठले बताए।

‘लगानी पालिकाले गर्ने भए पनि पढ्ने विद्यार्थी र पढाउने शिक्षकले नै हो। वर्षभरि पढाएर मात्र पनि भएन। सिकाइ उपलब्धि पनि राम्रो हुनुपर्‍याे,’ उनले भने, ‘सिकाइ उपलब्धिमा अझै सुधार ल्याउन शिक्षकहरूले विशेष भूमिका खेल्नुपर्‍याे। स्वमूल्यांकन गरी सक्रिय बनेर सिकाइ उपलब्धिमा जोड दिए शैक्षिक सुधार गर्न सकिन्छ।’

वडाभित्र सिकाइ उपलब्धि र शैक्षिक सुधार गर्न वडाले विशेष प्राथमिकता दिएको लागेको वडाध्यक्ष हेमराज भुजेलले बताए। ‘वडाभित्रका विद्यालयको शैक्षिक अवस्था नाजुक छ। चेपाङलगायत गरिब परिवारका बालबालिका अध्ययन गर्छन्। यो र त्यो बहानामा विद्यालयले शुल्क लिइरहेका छन्। त्यसैले बृहत् छलफल गरेर अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गरिएको हो। अब सिकाइ उपलब्धिमा वृद्धि गरि शैक्षिक गुणस्तर सुधार गर्ने नै हो’ उनले भने।

कार्यक्रमकै अवसरमा उत्कृष्ट विद्यालयको रूपमा रावलडाँडा आधारभूत विद्यालयलाई एक लाख नगदसहित सम्मान गरेको छ। साथै विभिन्न विद्यालयका विषयगत शिक्षकलाई पनि सम्मान गरेको छ। बेनीघाट रोराङ गाउँपालिकामा १६ वटा विद्यालय छन्।

ad
ad