मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ बैशाख ४ मंगलबार
  • Wednesday, 02 September, 2026
रासस/एएफपी श्रीनगर (भारत)
२o८१ बैशाख ४ मंगलबार ११:४३:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

कस्मिरमा डुंगा पल्टिँदा १५ जना बेपत्ता

Read Time : < 1 मिनेट
रासस/एएफपी श्रीनगर (भारत)
नयाँ पत्रिका श्रीनगर (भारत)
२o८१ बैशाख ४ मंगलबार ११:४३:oo

भारत प्रशासित कस्मिरमा मंगलबार नदीमा डुंगा पल्टिएपछि बेपत्ता भएका १५ जनाको खोजीमा उद्धारकर्मीहरू खटिइरहेको अधिकारीहरूले बताएका छन् । श्रीनगर सहरस्थित झेलम नदीमा डुंगा पल्टिँदा बेपत्ता हुनेहरूमा विद्यालय गइरहेका केही बालबालिका पनि रहेका थिए ।

कस्मिरका एक वरिष्ठ अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा भने, ‘दुर्घटनापछि बालबालिकासहित करिब १५ जना बेपत्ता भएका छन् ।’ हिमालयको कस्मिर उपत्यकामा केही दिनको वर्षापछि नदीको पानी बढेको थियो । प्रत्यक्षदर्शीहरूका अनुसार डुंगा पार गर्न प्रयोग गरिने डोरी पानीको तीव्र बहावका कारण चुँडिएको थियो ।

श्रीनगरका जिल्ला मजिस्ट्रेट बिलाल मोही–उद–दिन भटले भने, ‘हाम्रो उद्धार टोली त्यहाँ छ, हामी घटनाको विवरण पत्ता लगाइरहेका छौँ ।’ धेरै कार्यालयका कर्मचारी तथा विद्यालयका विद्यार्थी सडक यातायातबाट बच्न बिहान डुंगाबाट नदी पार गर्छन् । कस्मिरमा पहाडी क्षेत्रका सडकमा दुर्घटनाहरू सामान्य भए पनि यात्रुवाहक डुंगा दुर्घटना विरलै हुने गर्छन् ।