१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १३:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नागढुंगा–नौबिसे मुख्य सुरुङमार्ग ‘ब्रेक थ्रु’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १३:४६:oo

नागढुंगा–सिस्नेखोला मुख्य सुरुङमार्ग ब्रेक थ्रु भएकाे छ। नागढुंगा–सिस्नेखोला मुख्य सुरुङमार्ग ब्रेक थ्रुकाे उद्घाटन सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका हुन्।

यो परियोजनामा रेस्क्यु र मुख्य गरेर दुई टनेल छन् । दुई हजार पाँच सय ५७ मिटरको रेस्क्यु टनेल २२ साउनमा ‘ब्रेक थ्रु’ भइसकेको थियो । दुई हजार ६ सय ८८ मिटरको मुख्य सुरुङमार्गकाे उद्घाटन आज भएकाे हाे। अब दुई मिटर खण्ड मात्रै खन्न बाँकी छ।

यसअघि २३ फागुनमा मुख्य टनेलको ब्रेक थ्रु गर्ने योजना थियो। तर, स्थानीयले विभिन्न माग राखेर निर्माणमा अवरोध गरेपछि फागुन ६ गतेदेखि चैत ५ गतेसम्म सुरुङ खन्ने काम रोकिएको थियो। त्यसवेला १४ मिटर खण्ड मात्रै खन्न बाँकी थियो। 

स्थानीयको माग सम्बोधन गर्ने सहमति भएसँगै ६ चैतबाट आयोजनाको निर्माण सुरु भएको थियो। यो नेपालको पहिलो आधुनिक सुरुङमार्ग हो। यो टनेल बनेपछि नौबिसे हुँदै काठमाडौं प्रवेश गर्ने सवारीसाधनको यात्रा केही छोटिनेछ। 

२२ अर्ब १४ करोड रुपैयाँभन्दा बढी लागतमा यो परियोजना बन्दै छ। त्यसमा जाइकाले १६ अर्ब ६३ करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराएको छ। बाँकी पाँच अर्ब ८५ करोड रुपैयाँ भने नेपाल सरकारले लगानी गरेको छ । यो आयोजना बनाउन विभाग र निर्माण कम्पनीबीच सेप्टेम्बर ०१९ मा सम्झौता भएको थियो। 

ठेक्का प्राप्त जापानिज निर्माण कम्पनी हाजमा एन्डो कर्पाेरेसनले डिसेम्बर ०२० (पुस ०७७) देखि सुरुङ खन्न सुरु गरेको थियो। त्यसको साढे तीन वर्षपछि मुख्य टनेल ब्रेक थ्रु भएकाे हो।