१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार o९:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

स्याङ्बोचे पुग्यो  हिमाल सफाइ टोली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o९:१२:oo

सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमाल सफाइको टोली आइतबार सोलुखुम्बुको स्याङ्बोचे पुगेको छ । हिमाल अभियान– २०२४ को टोलीमा १२ सैनिक र एकजना शेर्पा सरदार छन् । नेपाली सेनाको हवाईसाधनमार्फत सफाइ टोली स्याङ्बोचे इलाकामा अवतरण भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

‘अभियान प्रभावकारी बनाउन स्थानीय जनसमुदायसँग अन्तर्क्रिया  गर्दै करिब सात दिनको पदयात्रापछि टोली सगरमाथा आधार शिविर पुग्ने योजना छ,’ सेनाले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पदयात्राका क्रममा सचेतना अभिवृद्धि तथा अभियानको प्रचारप्रसारका लागि पदमार्गको सरसफाइसमेत गरिनेछ ।’ 

हिमाल सफाइ अभियानअन्तर्गत सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमालका विभिन्न क्याम्पबाट करिब १० टन फोहोर र पाँचवटा मानव शव संकलन गर्ने लक्ष्य लिएको सेनाले जनाएको छ । यसअघि २९ चैतमा जंगी अड्डामा आयोजित समारोहमा प्रधान सेनापति प्रभुराम शर्माले सफाइ टोलीका नेता सेनाका मेजर आदित्य कार्कीलाई अभियानको झन्डा हस्तान्तरण गरेर अभियानको शुभारम्भ गरेका थिए । 

ad
ad