![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/UML_sachiwalay2024-03-08-04-39-25.jpeg)
एमालेको दशौँ महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा दुई हजार पाँच सय प्रतिनिधि सहभागी हुने भएका छन् ।
केन्द्रीय सचिवालयको आइतबार बसेको बैठकले आगामी ८ र ९ वैशाखमा ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सभाहलमा आयोजना हुने बैठकमा सहभागी हुने प्रतिनिधिहरूको संख्या निर्क्याेल गरेको हो ।
बैठकमा दशौँ महाधिवेशनका प्रतिनिधि, केन्द्रीय सदस्य, केन्द्रीय निकाय र सल्लाहकार परिषद्का सदस्यहरूसहित करिब दुई हजार पाँच सय प्रतिनिधि सहभागी हुनेछन् ।
‘दशौँ राष्ट्रिय महाधिवेशनपछिको सबैभन्दा ठूलो मञ्चका रूपमा रहेको यो परिषद्को प्रथम बैठक र यसले लिने निर्णयहरूलाई महत्वका साथ लिइएकोे छ । यस बैठकले पार्टीलाई बलियो राष्ट्रिय शक्तिका रूपमा विकसित गर्नेछ,’ बैठकपछि प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
बैठकमा अध्यक्ष र महासचिवको राजनीतिक र सांगठनिक प्रतिवेदनसहित ६ वटा प्रतिवेदनमाथि केन्द्रित रहेर छलफल हुने जनाइएको छ ।