
काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको आयोजनामा २८ र २९ भदौमा पाँचौँ राष्ट्रिय मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ । यसैगरी, महिला एथलेटिक फिजिक्स, जुनियर मिस्टर काठमाडौँ र पुरुष स्पोर्टस् फिजिक्स प्रतियोगिता हुने आयोजकले जनाएको छ ।
मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगितामा जम्मा ६ वटा वजन समूहमा खेल हुनेछ । महिला प्रतिस्पर्धाअन्तर्गत महिला एथलेटिक्स फिजिक्स खुला उचाइ समूहअन्तर्गत प्रतिस्पर्धा गराइनेछ । जुनियर मिस्टर काठमाडौंमा भाग लिन ०८० चैत मसान्तसम्ममा २१ वर्ष ननाघेका खेलाडीले भाग लिन पाउनेछन् ।
पुरुष स्पोर्टस् फिजिक्सअन्तर्गत अन्तर्राष्ट्रिय मापदण्डअनुसार वजन र उचाइ समूह गरी दुई समूहमा प्रतियोगिता सञ्चालन हुनेछ । जसमा १७० सेमिभन्दा मुनि र १७० सेमिभन्दा माथिको दुईवटा विधा रहनेछ ।
प्रत्येक क्लब संघ–संस्थाबाट एउटा वजन समूहमा बढीमा दुईजना खेलाडी भाग लिने पाउनेछन् । प्रत्येक वजन समूहका विजेता फाइनलमा प्रवेश गर्नेछ । तौल समूहमा पहिले हुनेले १५ हजार र दोस्रोले १० हजार रुपैयाँ पाउनेछन् ।