१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १o:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रपति पौडेलद्वारा सपनातीर्थमा पूजाअर्चना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १o:२७:oo

राष्ट्रपति रामचन्द्र पौडेलले टोखा नगरपालिकास्थित सपनातीर्थमा पूजाअर्चना गरेका छन्। राष्ट्रपतिले प्रथम महिला सबिता पौडेलसहित सपनातीर्थमा पूजाअर्चना गरेका हुन्।

राष्ट्रपति पौडेललाई काठमाडौं क्षेत्र नं ५ का सांसद प्रदीप पौडेल, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसी, सपनातीर्थ क्षेत्र विकास समितिका अध्यक्ष देवराज डंगोललगायतले स्वागत गरेका थिए।

आज सपनातीर्थमा स्नान मेला पनि सुरु भएको छ। यहाँ स्नान गर्न काठमाडौं उपत्यकासहित देशका विभिन्न भागबाट भक्तजन आएका छन्। सपनातीर्थमा स्नान गरेपछि कुष्ठरोग निको हुने जनविश्वास छ।

सपनातीर्थमा मेलासँगै टोखामा विस्का नखः (जात्रा) पनि सुरु भएको नेवा गुथिः टोखाका अध्यक्ष रमेश नापितले जानकारी दिए। जात्रा वैशाख ४ गतेसम्म सञ्चालन हुनेछ।