
सरकारले राष्ट्रिय सभाको रिक्त सदस्य पदका लागि डा. अञ्जान शाक्यलाई मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिबाट मनोनीत हुने कोटामा शाक्यलाई नियुक्त गर्न सिफारिस गरेको हो।
इजरायलकी पूर्वराजदूत शाक्य यसअघि राष्ट्रिय योजना आयोगकी सदस्य थिइन् । त्यसअघि तत्कालीन कांग्रेससहितको गठबन्धन बनाउँदा जनमोर्चा नेतृ दुर्गा पौडेललाई सिफारिस गर्ने सहमति थियो। तर, समीकरण बदलिएपछि एमाले कोटाबाट शाक्यको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरिएको हो।