१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Sunday, 26 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १३ आइतबार o६:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

सशस्त्रको गोदाममा आगलागी, करोडौँको क्षति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार o६:२४:oo

एआइजीको नेतृत्वमा छानबिन समिति गठन

काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय भण्डारमा भीषण आगलागी हुँदा करोडौँको क्षति भएको छ । भण्डारमा विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक आकलन गरिएको छ ।

त्यहाँ सशस्त्र प्रहरी कर्मचारीलाई खरिद गरिएका कपडा, बुटलगायतका करोडौैँ मूल्यबराबरका सामान स्टोर गरिएको थियो । साँझ पौने ५ बजे लागेको आगो राति करिब ११ बजे नियन्त्रणमा आएको थियो ।

घटनास्थलमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललगायत पुगेका थिए । आसपासका घरमा रहेका सिसिक्यामेरासमेत हेरेर विस्तृत छानबिन गर्न मन्त्री लामिछानेले निर्देशन दिएका छन् ।

घटनाको छानबिनका लागि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) वंशी दाहालको नेतृत्वमा नौ सदस्यीय छानबिन समिति बनेको छ । समितिले सोमबारदेखि नै छानबिन थालिसकेको छ ।  

ad
ad