Skip This
सत्ता र प्रतिपक्षमा रहँदा एउटै आवाज हुनुपर्छ : सांसद शाही
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Monday, 17 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १३ आइतबार १३:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

सत्ता र प्रतिपक्षमा रहँदा एउटै आवाज हुनुपर्छ : सांसद शाही

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार १३:o२:oo

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं सांसद ज्ञानबहादुर शाहीले सत्ता र प्रतिपक्षमा रहँदा राजनीतिक दलका आवाज एउटै हुनुपर्ने बताएका छन्।

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठकमा प्रतिपक्षी दलहरूको तर्फबाट धारणा राख्न अनुमति दिएपछि शाहीले सहकारीको अर्बाैँ रकम अपचलनमा जोसुकै संलग्न भए पनि कारबाही गर्नुपर्नेमा जोड दिए।

प्रवक्ता शाहीले भने, ‘प्रतिपक्षमा बस्दा एउटा आवाज बोल्ने, सत्तामा पुगेपछि अर्कै आवाज बोल्ने गर्नुहुँदैन। त्यसैले सबैलाई समान रूपमा कानुन लागू हुनुपर्छ।’

उनले आफ्नो पार्टीका सांसद गीता बस्नेतको सहकारीको रकम अपचलनमा संलग्नता देखिएपछि कारबाही प्रक्रिया अगाडि बढ्ने, तर उपप्रधानमन्त्री तथा गृहमन्त्री सहकारी रकम अपचलनमा संलग्न रहेको भनिए पनि कारबाही किन नगर्ने भनी प्रश्न गरे। 

सांसद शाहीले सहकारीको रकम अपचलनमा संलग्नमाथि निष्पक्ष छानबिन गर्न संसदीय समिति गठनको माग गरे। बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेको विरोध र नाराबाजी जारी छ।

ad
ad
ad
ad