१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार o६:o४:oo
Read Time : > 1 मिनेट
ad
ad
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : ‘ब्ल्याक बेल्ट’को हकदार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:o४:oo

मार्सल आर्टको लामो अभ्यासपछि एक युवकलाई ब्ल्याक बेल्टका लागि सिफारिस गरियो । ब्ल्याक बेल्ट वितरण समारोहमा बेल्ट लिन मञ्चमा पुग्दा मुख्य प्रशिक्षकले उनलाई सोधे– ब्ल्याक बेल्ट पाउनुअघि तिमीले थप एउटा परीक्षा दिनुपर्छ । के तिमी तयार छौ ? युवकले केही झुकेर जवाफ दिए– म तयार छु गुरु ! सायद कसैसँग भिडन्त गर्नुपर्ने होला भन्ने उनले सोचे । तर, मुख्य प्रशिक्षकको दिमागमा भने अर्थोकै चलिरहेको थियो । उनले युवकलाई सोधे– तिम्रा लागि ब्ल्याक बेल्ट प्राप्त गर्नुको वास्तविक अर्थ के हो ?

युवकले उत्तर दिए– यो मेरो यात्राको अन्त्य हो । मेरो कठोर परिश्रमको इनाम पनि हो यो बेल्ट । मुख्य प्रशिक्षक उनको उत्तरबाट सन्तुष्ट भएनन् । उनले भने– तिमी अहिले ब्ल्याक बेल्ट पाउन योग्य भइसकेका छैनौ । एक वर्षपछि फेरि आऊ । 

युवक विनम्रतापूर्वक झुकेर गुरुलाई अभिवादन गरेर त्यहाँबाट बिदा भए । एक वर्षसम्म कठोर परिश्रमपूर्वक अभ्यास गरिसकेपछि युवक पुनः ब्ल्याक बेल्ट लिन गए । मुख्य प्रशिक्षकले पुनः पहिलेकै प्रश्न दोहोर्‍याए । युवकले जवाफ दिए– यो बेल्ट यस मार्सल आर्टको सबैभन्दा ठूलो उपलब्धि हो । मुख्य प्रशिक्षक यसपटक पनि उनको जवाफबाट सन्तुष्ट भएनन् । युवकले थप केही भन्छन् कि भनेर उनी केहीबेर मौन रहे । तर, युवक शान्त रहे । मुख्य प्रशिक्षकले तिमी यसपटक पनि बेल्टका लागि योग्य भइसकेका छैनौ । जाऊ, थप मिहिनेत गर र अर्को वर्ष आऊ भनेर पठाइदिए । 

एक वर्षपछि युवक पुनः बेल्ट लिन पुगे । यसपटक पनि मुख्य प्रशिक्षकले उही प्रश्न सोधे । युवकले आत्मविश्वाससाथ जवाफ दिए– ब्ल्याक बेल्ट आरम्भ हो । यो कहिल्यै समाप्त नहुने यात्रा हो, जसमा अनुशासन छ, कठोर परिश्रम छ र जहिल्यै सर्वोत्तम मापदण्ड छुने लालसा छ । 

मुख्य प्रशिक्षकले खुसी हुँदै भने– एकदम ठीक भन्यौ । अब भने तिमी ब्ल्याक बेल्ट पाउन बिलकुलै लायक बनेका छौ । यो सम्मान ग्रहण गर र आफ्नो काममा लाग ।

ad
ad