१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
फाइल तस्बिर
Invalid date format १२:o८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसदीय समिति सहकारीको हिसाब-किताब मिलाउन हिँड्ने हाेइन : मन्त्री गिरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:o८:oo

संघीय सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले नयाँ समीकरणबाट बनेको वर्तमान सरकारले जनतामा आशा जगाउने काम मात्र गर्ने बताएका छन्।  

प्रेस चौतारी कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री गिरीले भने, ‘केही वर्षयता सरकार र राजनीतिक पार्टीप्रति जनतामा पैदा भएको निराशालाई मेटेर सरकार र दलहरूप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनेछौँ।’ संकटमा आएको सरकार भएकाले जनतामा आशा जगाउने काम गरेरै छाड्ने उनको भनाइ थियो। 

देशको अर्थतन्त्र धराशायी, विकास निर्माणको काम सुस्त, सुशासन प्राप्त गर्न नसक्नु, निर्माणाधीन काम अलपत्र र व्यवसायी संकटमा परेको वर्तमान अवस्थामा यसलाई कसरी सुधार गरेर अगाडि बढ्ने भन्नेबारेमा सरकार चिन्तित रहेको मन्त्री गिरीले बताए। उनले भने, ‘देशको अर्थतन्त्रलाई चलायमान र जनतामा समृद्धि ल्याउन सरकार सक्रिय भएर लाग्छ।’  

संघीय सरकारद्वारा अधिकांश कानुन बनाउन बाँकी रहेको अवस्थामा संसदीय समितिलाई सक्रिय बनाउँदै छिटोभन्दा छिटो संघीयता र नेपाली जनतालाई अनुकूल हुने ऐन–कानुन ल्याउने मन्त्री गिरी बताए। ऐन–कानुन निर्माण गर्दा नेपाली जनताका सुझाव पनि संकलन गरिने र उपयुक्त सुझावलाई समेट्ने जानकारी पनि उनले दिए। 

वर्तमान समयमा सहकारी संस्थामा देखापरेको बचतकर्ताको पैसा अपचलनबारे संसदमा नेपाली कांग्रेसका सांसदहरूले संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै आएको उल्लेख गर्दै मन्त्री गिरीले सहकारीका दोषीलाई कारबाही गर्न राज्यका निकायलाई छाड्नुपर्ने बताए। 

‘संसदीय छानबिन समिति सहकारीको हिसाब–किताब मिलाउन हिँड्ने हाेइन, त्यो अधिकार राज्यका अन्य निकायलाई छाडौँ,’ उनले भने, ‘सहकारीका दोषीलाई कारबाही गरी सम्पूर्ण बचतकर्ताको रकम जस्ताको तस्तै उनीहरूलाई फिर्ता दिनुपर्छ।’