मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 23 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:oo:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

दर्लामीको ‘मारीखोलाको ढुंगो’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:oo:oo

लेखक जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुंगो’ सार्वजनिक भएको छ। दर्लामीले आफ्नो उपन्यास ‘मारीखोलाको ढुंगो’को कथा–कालमा जन्मिएकी इभा काफ्लेलाई पुस्तक हस्तान्तरण गरेसँगै उपन्यास लोकार्पण गरिएको हो।

नेपाल संकटकालमा हुँदा जन्मिएकी इभाले सशस्त्र द्वन्द्वबारे आफू र आफ्नो पुस्ताको बुझाइका साथै ‘मारीखोलाको ढुंगो’ पढ्दाको आफ्नो अनुभूति विमोचन कार्यक्रममा सुनाएकी थिइन्।

अहिले पनि टेलिफोन, बाटोघाटो, विद्युत् नपुगेको अर्घाखाँचीको सिलिङखोलामा जन्मेका लेखक दर्लामीले ‘मारीखोलाको ढुंगो’ उपन्यास लेख्दाको अनुभव बाँडे।

‘मजस्तो विकटमा बसेर लेख्नेको किताब कसले छाप्ला र भन्ने ठानेको थिएँ, तर म गलत ठहरिएँ,’ लेखक दर्लामीले भने, ‘मैले केही भोगेको, केही देखेको र केही महसुस गरेको समयलाई इमानदारीपूर्वक अक्षरमा उतारेको हुँ।’

जेबी दर्लामी साहित्य र गैरसाहित्य दुवै विधामा कलम चलाउँछन्। यसअघि उनका दुई उपन्यास तथा ‘नेपालको राजनीतिमा अर्घाखाँची’ शोधमूलक पुस्तक प्रकाशित छन्।

सशक्त कथासँगसँगै कथावाचन गर्ने कौतूहलपूर्ण शैलीले उपन्यास विशिष्ट बनेको छ। १३४ पृष्ठको पुस्तकको मूल्य ३४५ रुपैयाँ रहेको छ।