१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौं महानगरमा गरिब घरपरिवार गणना सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:३८:oo

काठमाडौं महानगरपालिकाभित्र आजदेखि गरिब घरपरिवार गणना सुरु भएको छ। उक्त तथ्यांक संकलनका लागि महानगरपालिकाभरि दुई सय नौ गणक खटिएका छन्।

गरिब परिवारलाई सरकारी सेवा–सुविधा उपलब्ध गराउने सरकारको नीतिअनुसार महानगरपालिकाभित्रका गरिब घरपरिवार गणना गर्न आजदेखि सुरु गरिएको काठमाडौं महानगरपालिका सामाजिक विकास विभागका तथ्यांक अधिकृत कृष्णराज तिवारीले जानकारी दिए।

उनले भने, ‘बढीमा पाँच महिनाभित्र गरिब घरपरिवार गणना गरिसक्ने गरी आजबाट गरिब घरपरिवार गणना सुरु भएको छ, महानगरपालिकाभरि दुई सय नौ गणक खटिनेछन्।’

उनका अनुसार एकजना गणकले एक महिनामा कम्तीमा पनि दुई सय ५० घरपरिवारको तथ्यांक संकलन गर्ने गरी समय र जनशक्ति व्यवस्थापन गरिएको सो विभागले जनाएको छ। विभागका अनुसार सबैभन्दा धेरै गणक वडा नं. १६ र ३२ मा २१–२१ जना खटाइएको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार सरकारले देशका ४९ जिल्लामा गरिब घरपरिवारको परिचयपत्र वितरण गरिसकेको छ भने १५ जिल्लामा परिचयपत्र बाँड्ने तयारी भइरहेको छ। काठमाडौं महानगरभित्र गणना सकिएपछि देशभर नै गरिब परिवारको गणना सम्पन्न हुने मन्त्रालयले जनाएको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार गरिब तथ्यांक संकलन ०७० सालमा २३ वटा जिल्लाबाट सुरु गरिएको थियो।