Skip This
लहानबाट लागुऔषधसहित दुई युवक पक्राउ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत २४ शनिबार
  • Saturday, 27 July, 2024
२o८o चैत २४ शनिबार १७:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लहानबाट लागुऔषधसहित दुई युवक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o चैत २४ शनिबार १७:३३:oo

सिराहाको लहानबाट प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार लहान नगरपालिका– १९ का करिब २४ वर्षीय सन्तोषकुमार साह र स्थानीय २५ वर्षीय शिवनाथ महतोलाई लागुऔषधसहित पक्राउ गरिएको हो।

लहान नगरपालिका– ३ मा पर्ने पूर्व–पश्चिम सडकको बस स्ट्यान्डमा अस्पताल चोकतिरबाट आउँदै गरेको प्रदेश २–०१–००१ प ७३८० नम्बरको मोटरसाइकलमा रहेका दुईजनालाई लहान प्रहरी र लागुऔषध नियन्त्रण ब्युरो गोलबजारको संयुक्त टोलीले पक्राउ गरेको हो।

मोटरसाइकल रोकेर दुवैजनालाई खानतलासी गर्दा साहले बोकेको कपडाको झोलामा एक सय ३३ एम्पुल फेनार्गन, एक सय ३५ एम्पुल बुप्रेनोर्फिन र एक सय ३४ एम्पुल डाइजिपाम फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवैलाई लहानस्थित इलाका प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको छ।