१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format oo:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल प्रहरीका १९ इन्स्पेक्टरको डिएसपीमा बढुवा सिफारिस (नामावलीसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format oo:o९:oo

नेपाल प्रहरीका १९ प्रहरी निरीक्षकको प्रहरी नायब उपरीक्षकमा बढुवा सिफारिस भएको छ। 
नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयअन्तर्गतको बढुवा समितिको आज बसेको बैठकले बढुवाका लागि सिफारिस गरेको हो । 

बढुवा सिफारिस भएकामा निर्मल पनेरू, ऋषिराम घर्तीमगर, दीपक मल्ल, धनबहादुर बोहरा, जनार्दन घिमिरे, आयुशप्रसाद जोशी, लक्ष्मण ओली, शैलेश्वरी बोहरा, नवीन पौडेल, योगेन्द्र तिमिल्सिना (उपाध्याय) छन् । 

यस्तै, पुरुषोत्तम कार्की, हीरेन्द्रबहादुर रोकाया, गुणराज बुढाथोकी, रामप्रसाद तिमल्सिना, भीषणबाबु राई, रुकबहादुर खड्का, रणबहादुर चन्द, राजन लामा र कमलकुमार खड्काको नाम डिएसपी बढुवाका लागि सिफारिस भएको छ। 

बढुवा समितिको सचिवालयले आज एक सूचना जारी गर्दै नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको प्रहरी नायव उपरीक्षक पद संस्था १९ मा बढुवा गर्न आज बढुवा समितिको बैठकले यी नाम सिफारिस गरेको जनाएको छ।