Skip This
आयरल्यान्ड वल्भ्सका बलरसामु नेपाल निरीह, तीन एकदिवसीय शृंखलाको पहिलो म्याचमा २१ रनले पराजित
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत २१ बुधबार
  • Saturday, 27 July, 2024
तस्बिर : क्यान ।
नयाँ पत्रिका काठमाडौं
२o८o चैत २१ बुधबार १५:४१:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

आयरल्यान्ड वल्भ्सका बलरसामु नेपाल निरीह, तीन एकदिवसीय शृंखलाको पहिलो म्याचमा २१ रनले पराजित

आयरल्यान्ड वल्भ्सविरुद्ध नेपाली ब्याटरले गरे बिर्सनलायक प्रदर्शन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o चैत २१ बुधबार १५:४१:oo

ब्याटर नचल्दा आयरल्यान्ड वल्भ्सविरुद्धको तीन एकदिवसीय शृंखलाको पहिलो म्याचमा नेपाल ‘ए’ले नमिठो पराजय व्यहोरेको छ।

पचास ओभरमा एक सय ५८ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल ‘ए’२६औँ ओभरमा एक सय ३६ रनमै अलआउट हुन पुग्यो। यससँगै आयरल्यान्ड वल्भ्सले एकदिवसीय सिरिजको पहिलो खेलमा २१ रनको जित दर्ता गर्‍याे।

नेपाल ‘ए’को तर्फबाट साहब आलमले सर्वाधिक ३७ रन बनाए। ३४ बल खेलेका उनले रिजन ढकालसँग ३४ रनको साझेदारी गरेपछि जितको आशा पलाएको थियो । तर, उनले पनि आफूलाई सम्हाल्न सकेनन् । प्रतिओभर एक रनको आवश्यकता रहेका वेला उनी नवौँ विकेटका रूपमा पेभेलियन फर्किए। उनी आउट हुँदा नेपाल ‘ए’लाई खेल जित्न २३ रन मात्र चाहिएको थियो। 

त्यसअघि देव खनाल र अर्जुन कुमालले राम्रो सुरुवात दिलाएका थिए। तर, देव खनाल २२ बलमा २६ र अर्जुन कुमाल १४ बलमा नाै रन बनाएर आउट भएसँगै नेपाल ‘ए’को ब्याटिङ तासको पत्ताजस्तै ढल्न पुग्यो।

नेपालले छैटौँ ओभरमा ओपनर देवलाई २६ रनमा गुमाउँदा स्कोर ३५–१ को स्थितिमा थियो । त्यसपछि लगातार विकेट पतन हुँदा नेपाल ‘ए’ ५६–६ को दयनीय स्थितिमा पुग्यो । यसबीच नै भीम सार्की गोल्डेन डकआउट हुँदा अर्जुन साउद चार रन मात्र बनाएर आउट भए । टी–२० शृंखलामा सानदार फर्ममा देखिएका आसिफ शेखले पनि आज निराश बनाए । उनी पाँच बल खेलेर शून्य रनमा आउट भए । 

बसिर अहमदले २१ बलमा २० रन, कप्तान विनोद भण्डारीले ६ बलमा ९ रन, कमलसिंह ऐरी ११ बलमा ६ रन मात्र बनाए। एक बल खेलेका मौसम ढकाल रनआउट भएसँगै नेपाल ‘ए’ २१ रनले पराजित हुन पुग्यो।

नेपाल ‘ए’को ब्याटिङ इनिङ ध्वस्त बनाउन आयरल्यान्ड वल्भ्सका म्याथ्यु हम्फ्रिजले सर्वाधिक पाँच विकेट लिए। १० ओभर बलिङ गरेका उनले केवल ३२ रन खर्चिए। यस्तै, लियाम मकार्थीले पाँच ओभरमा २९ रन दिएर चार विकेट लिए। यी दुई बलरका अगाडि नेपाल ‘ए’का ब्याटर घुँडा टेक्न बाध्य भए। 

त्यसअघि टस जितेर आयरल्यान्ड वल्भ्सले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । तर, नेपाली बलर चम्किएपछि आयरल्यान्ड ३८.३ ओभरमा एक सय ५७ रनमा अलआउट भएको थियो । कमलसिंह ऐरीले ह्याट्रिकसहित चार विकेट लिएका थिए भने साहब आलम र मौसम ढकालले समान दुई लिकेट लिँदा रिजन ढकालले एक विकेट लिएका थिए।