मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
Invalid date format १४:२२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दाङमा दुई यात्रुवाहक बस ठोक्किँदा २२ जना घाइते [अपडेट]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:२२:oo

दाङमा दुईवटा यात्रुवाहक बस ठोक्किँदा २२ जना घाइते भएका छन्। वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठका अनुसार घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ।

प्रहरीका अनुसार गम्भीर घाइते हुनेमा रा.१ख २५८१ नम्बरको बसचालक गढवा गाउँपालिका– २ का लक्ष्मण थारू र राप्ती गाउँपालिका– २ लालमटियाकी ७८ वर्षीया चन्द्रकमला थापा रहेकी छिन्। उनीहरूको लमही अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको छ।

लमही नगरपालिका– ३ वनगाउँमा दुईवटा बस एक–आपसमा ठोक्किँदा दुर्घटना भएको हो। सामान्य घाइतेहरूको अहिले लमही अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइतेलाई बाहिर पठाउने तयारी भइरहेको छ।

बुटवलबाट सुर्खेत जाँदै गरेको लु.१ख ७३६३ नम्बरको बस र तुलसीपुरबाट बुटवल जाँदै गरेको रा.१ख २५८१ नम्बरको यात्रुवाहक बस बुधबार साढे ११ बजेतिर ठोक्किएका थिए । थप विवरण आउन बाँकी छ।