१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:४९:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

कमल ऐरीकाे ह्याट्रिकमा आयरल्यान्ड ‘ए’ १५७ रनमै समेटियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:४९:oo

नेपाल ‘ए’विरुद्धको पहिलो एकदिवसीय खेलमा आयरल्यान्ड ‘ए’ सस्तैमा समेटिएको छ। 

टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्ड ‘ए’ ३८.३ ओभरमा अलआउट हुँदा एक सय ५७ रन मात्रै बनाउन सक्यो। सुरुवातदेखि दबाब महसुस गरेको आयरल्यान्डले मध्यमक्रममा सम्हालिने प्रयास गरे पनि अन्तिममा लय गुमायो। उसले पछिल्लो पाँच ओभरमा ६ विकेट गुमाउँदै जम्मा १४ रन मात्रै बनाउन सक्यो। 

आयरल्यान्ड ‘ए’का लागि केड कार्माइकलले अर्धशतकीय पारी खेले । उनले ७७ बलमा चार चौकाको सहयोगमा ५१ रन बनाए। कप्तान निल रकले ३२ बल खेल्ने क्रममा तीन छक्का र दुई चौकको सहयोगमा ३९ रन बनाए। त्यसबाहेक पिटर मुरले २१ रन बनाउँदा ओपनरद्वय जेम्स मकलम र स्टेफल डोहनीले समान १२–१२ रनको योगदान दिए। अन्य ब्याटरले भने उल्लेख्य रन बनाउन सकेनन्।
    
नेपाल ‘ए’का लागि कमल ऐरीले ह्याट्रिकसहित चार विकेट लिए भने साहब आलम र मौसम ढकालले दुई–दुई विकेट लिए । साथै रिजन ढकालले एक विकेट लिए ।
---