राष्ट्रपति एर्दोगानका सम्भावित प्रतिद्वन्द्वीका रूपमा उदाउँदै गरेका एक मेयर

वैचारिक रूपमा विपरीत धारमा उभिएका इमामोउलु र एर्दोगानबीच कैयौँ समानता पनि देखिन्छ

बुधबार, २१ चैत, २०८०
डिजिटल संस्करण

इस्तानबुलका मेयरका रूपमा ऐतिहासिक दोस्रो जितपछि टर्कीको प्रमुख विपक्षी दल ‘रिपब्लिकन पिपुल्स पार्टी (सिएचपी)का समर्थकलाई सम्बोधन गर्ने क्रममा एकरेम इमामोउलुले ‘नयाँ युगको प्रारम्भ’ भएको बताए । ‘एक नयाँ टर्कीको उदय हुँदै छ, जहाँ प्रजातन्त्र, स्वतन्त्रता, समानता, तर्कसंगतता, विज्ञान, प्रेम र एकता फस्टाउनेछ,’ उनले उत्साही समर्थकको भिडलाई सम्बोधन गर्दै भने ।

यसपटकको देशव्यापी स्थानीय तहको (नगरपालिका) निर्वाचनमा सिएचपीले सन् १९७७ पछिको उत्कृष्ट नतिजा हासिल गरेको छ । ‘यस चुनावमार्फत हामीले हामीभित्र रहेको प्रजातन्त्रलाई बाहिर ल्याएका छौँ,’ इमामोउलुले भने । यो कुरा राष्ट्रपति रेसेप तैयप एर्दोगानले हारपछि दिएको भाषणमा भनेका कुरासँग मिल्दोजुल्दो देखिन्थ्यो, जहाँ एर्दोगानले पछिल्लो निर्वाचनमा कसैको हार नभएको र लोकतन्त्रको जित भएको बताएका थिए ।

टर्कीको यसपटकको स्थानीय तहको निर्वाचनमा अधिकांश स्थानमा एर्दोगानको जस्टिस एन्ड डेभलोपमन्ट(एके)ले नराम्रो हार व्यहोर्यो । चुनावमा सबैभन्दा बढी चर्चा रहेको इस्तानबुलको मतपरिणामले एर्दोगानको प्रमुख प्रतिद्वन्द्वीका रूपमा इमामोउलुको छवि थप बलियो बनेको विश्लेषकहरूले बताएका छन् । एर्दोगान आफैँले दशकौँअघि इस्तानबुलको मेयरबाट आफ्नो राजनीतिक हैसियत बलियो बनाएर राष्ट्रिय राजनीतितर्फ फड्को मारेका थिए । यसपटक इस्तानबुलको चुनावमा एर्दोगान आफैँ आफ्ना दलको प्रचारमा लागेका थिए । तर, टर्कीको आर्थिक तथा सांस्कृतिक हबलाई पुनः आफ्नो दलको पोल्टामा पार्ने एर्दोगानको प्रयास असफल भयो । 

इमामोउलुले इस्तानबुलको मेयरको दोस्रो कार्यकाल सुरक्षित गर्ने क्रममा एर्दोगानले खडा गरेको छाया उम्मेदवारविरुद्ध फराकिलो अन्तरको सहज जित हासिल गरे । यस विजयमार्फत राष्ट्रिय राजनीतिमै इमामोउलु एर्दोगानलाई चुनौती दिन सक्ने नेताको रूपमा उदाएको विपक्षी नेता तथा विश्लेषकमाझ चर्चा सुरु भएको छ ।

उता इमामोउलुले इस्तानबुलको मेयरको दोस्रो कार्यकाल सुरक्षित गर्ने क्रममा एर्दोगानले खडा गरेको छाया उम्मेदवारविरुद्ध फराकिलो अन्तरको सहज जित हासिल गरे । यस विजयमार्फत राष्ट्रिय राजनीतिमै इमामोउलु एर्दोगानलाई चुनौती दिन सक्ने नेताको रूपमा उदाएको विपक्षी नेता तथा विश्लेषकमाझ चर्चा सुरु भएको छ । एर्दोगानले सन् २०२८ पछि पनि सत्ता फर्किने प्रयास गर्ने आशंकाबीच विपक्षीले यसलाई राहतको संकेत मानेका छन् । एक–अर्काका प्रतिद्वन्द्वीका रूपमा हेरिएका दुई नेताबीच कतिपय कुरा भने समान छन् । दुवै टर्कीको कृष्णसागरको तटीय क्षेत्रबाट उदाएका नेता हुन् । त्यस्तै दुवैजना टर्कीको सबैभन्दा ठूलो सहर तथा देशको कुल अर्थतन्त्रको एकतिहाइ हिस्सा ओगट्ने इस्तानबुलको मेयरबाट राजनीतिमा चर्चामा आए । दुवैले टर्कीको अदालतबाट धक्काको सामना गरेको इतिहास छ ।

त्यसबाहेक दुवैजना फुटबलमा बलियो रुचि राख्छन् । सबैभन्दा महत्वपूर्ण यी दुई नेतामा मतदातालाई तान्न सक्ने क्षमता छ । व्यक्तित्व र रुचिबाहेक राजनीतिक विचारधाराको कुरामा भने उनीहरू विपरीत धारमा उभिएका छन् ।मिलनसार स्वभावका इमामोउलु पहिले व्यापार क्षेत्रमा संलग्न थिए । उनको परिवारमा श्रीमतीसहित तीन छोराछोरी छन् । स्थानीय तहको चुनावी अभियानमा सरसहयोग गरेको अंकारास्थित परामर्शदाता संस्था सान्डा ग्लोबलका प्रमुख सेलिम साजाकले इमामोउलुको राजनीतिक ब्रान्डको सबलता उनको व्यक्तित्वको ‘करिस्मा’ र कृष्ण सागर क्षेत्रको राजनीतिक पृष्ठभूमि भएको बताए ।

‘उनी टर्किस राजनीतिका बिल क्लिन्टनजस्ता हुन्, तर विवायेत्तर सम्बन्धको विवादमा नफसेका,’ इमामोउलुबारे साजाकले भने । एर्दोगान इस्तानबुलका मेयर इमामोउलुलाई मन पराउँदैनन् भन्ने स्पष्ट देखिन्छ । तर, एर्दोगानको यस भावनाले निम्त्याएको प्रतिद्वन्द्विताले इमामोउलुलाई राजनीतिमा छोटो समयमै उदीयमान नेताको रूपमा विकास ग¥यो । यसअघिको सन् २०१९ मा भएको मेयर पदको चुनावमा इमामोउलुको प्रारम्भिक जित अस्वीकार गर्दै एर्दोगानले दोस्रो चुनावको माग गरे, दोस्रोमा इमामोउलुको पक्षमा थप धेरै मत खसेको थियो । यसले गर्दा सुरुदेखि नै उनलाई एर्दोगानको प्रतिद्वन्द्वीका रूपमा स्थापित ग¥यो । तर, यो नतिजा इमामोउलुको पहिलो कार्यकालभरि कानुनी समस्याको रूपमा बल्झिरह्यो । 

मेयर पदको पहिलो कार्यकालको जितपछि एक न्यायाधीशले उनलाई सार्वजनिक अधिकारीको आलोचना गरेको घटनामा साढे दुई वर्षको जेल सजाय र राजनीतिक प्रतिबन्ध लगाए । पुनरावेदन अदालतले यस मुद्दामा अझै निर्णय गर्न बाँकी छ । यो सजाय एर्दोगानको विगतको उस्तै घटनाको प्रतिध्वनिजस्तो देखिएको थियो । कुनै समय एर्दोगानले वाचन गरेको एक कविताले धार्मिक घृणा फैलाएको भन्दै उनलाई राजनीतिक प्रतिबन्ध लगाएको थियो । त्यस मुद्दामा सन् १९९९ मा एर्दोगान केही समय जेल पनि परे । 

गत वर्ष, अर्को एक अदालतले सन् २०१५ मा बेलिकडुजु जिल्लाको मेयर हुँदा इमामोउलुले सार्वजनिक बोलपत्रमा अनियमितता गरेको आरोपमाथि मुद्दा सुनुवाइ सुरु गरेको छ । आरोप प्रमाणित भए तीनदेखि सात वर्षसम्मको सजाय हुन सक्छ । जबकि इमामोउलुले बारम्बार उनको मेयरको काममा केन्द्रबाट अवरोध पुर्याउने गरिएको बताउने गरेका छन् । यसले चुनावी वाचा पूरा गर्न कठिनाइ भएको उनको ठम्याइ छ । उनको यस कुरालाई मतदाताले विश्वास गरेका कारण डेढ करोडभन्दा बढी जनसंख्या भएको सहरमा केन्द्र सरकारको दलका उम्मेदवार पराजित भएका छन् । 

चामत्कारिक राजनीतिक व्यक्तित्व भएका यी दुई नेता केही अवसरमा एक–अर्काको सम्मुख पनि परेका छन् । सन् १९९४ मा इस्तानबुल विश्वविद्यालयबाट व्यवसाय प्रशासनमा स्नातक गरेपछि इमामोउलु आफ्नो पारिवारिक निर्माण व्यवसायमा सरिक भए । उनको फुटबल प्रेमले उनलाई ट्राब्जोको गृह फुटबल टिमको प्रशासक बन्न प्रेरित गर्यो । यही टिमबाट कुनै समय एर्दोगानले अर्ध–व्यावसायिक फुटबलरको छोटो भूमिका निभाएका थिए ।

इमामोउलुले हालसालै उनी र एर्दोगानको भेटबारे पनि चर्चा गरे । सन् १९९० को दशकको बीचतिर एर्दोगान इस्तानबुलको मेयर बनेपछि सहरको गुन्गोरेन जिल्लामा एक जवान इमामोउलुले चलाइरहेको मांसाहारी रेस्टुरेन्टमा गएका थिए । ‘मेयरको सुरुवाती महिनामा मैले उनलाई सेवा गरेको थिएँ,’ इमामोउलुले विगत सम्झिँदै भने, ‘उनले मेरो रेस्टुरेन्टमा मिटबल खाए । मैले त्यसको पैसा लिइनँ र उनी बाँचुन्जेल त्यो शुल्क तिर्नुपर्नेछैन ।’

– रोयटर्स र एएफपीबाट

सुझावित समाचार