१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
गणेश लम्साल काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o९:o४:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

आठौँ विराट गोल्डकप : कोलकातालाई हराउँदै मच्छिन्द्र सेमिफाइलनमा

Read Time : > 1 मिनेट
गणेश लम्साल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:o४:oo

मच्छिन्द्र फुटबल क्लबले कोलकाताको साउथर्न एफसीलाई २–१ ले हराउँदै मंगलबार आठौँ विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल स्थान पक्का गरेको छ । मच्छिन्द्रको जितसँगै सेमिफाइनल समीकरण पूरा भएको छ । मच्छिन्द्रले अब फाइनल प्रवेशका लागि बिहीबार सिक्किम ड्रागन भारतसँग सामना गर्नेछ । अर्को सेमिफाइनलमा सांग्रिला मोरङले एपिएफविरुद्ध खेल्नेछ । एपिएफले इटहरी गोल्डकपको विजेता चर्च ब्वाइज युनाइटेडलाई क्वार्टरफाइनलमा २–० ले हराएको थियो । सांग्रिलाले भुटानको आरटिसिएफसी ३–२ ले हराउँदै अन्तिम चारको स्थान पक्का गरेको थियो । 

मच्छिन्द्रको जितमा विदेशी खेलाडी स्टेफन विनोङ नायक भए । उनले नै दुई गोल गरेका थिए । खेलको १०औँ मिनेटमा स्टेफनले मच्छिन्द्रलाई १–० को अग्रता दिलाए । मनीष डाँगीले निकालेको क्रसपासमा स्टेफनले मैदानको मध्यभागबाट बल अगाडि बढाउँदै कोलकाताका गोलरक्षक सुरजक मल्किलाई विट गर्दै उत्कृष्ट फिनिसिङ गरे । वखेलको ३२औँ मिनेटमै कोलकाताले १–१ को बराबरी गोल फर्कायो । कोलकाताका सोनु हल्दारले सत्रिय बक्सीले निकालेको पासमा बराबरी गोल फर्काएका हुन् । 

दुवै टोलीले पहिलो हाफमा १–१ को बराबारीमा खेल सकाए । मध्यान्तरपछि मच्छिन्द्र आक्रामक रूपमा देखियो । खेलको ५५औँ मिनेटमा स्टेफनले मछिन्द्रलाई २–१ को अग्रता दिलाए । उनले सनीस श्रेष्ठको पासमा डिबक्सभित्र टच गर्दा आकर्षक गोल गरे । यसअघि खेलको ४१औँ मिनेटमा कोलकाताका सत्रियले दायाँ बार च्यापेर प्रहार गरेको बललाई मच्छिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले पन्च गरेका थिए । खेलको ४४औँ मिनेटमा मच्छिन्द्रका आयुष घलानले पोस्टभन्दा ३० यार्ड टाढादेखि गरेको प्रहार बारमा लागेको थियो । 

 दोस्रो हाफमा मच्छिन्द्र बलियो
प्रतिस्पर्धामा मच्छिन्द्र र कोलकाताका गोलरक्षकले उत्कृष्ट प्रदर्शन गरेका थिए । पहिलो हाफमा मच्छिन्द्रका गोलरक्षक विशालले आकर्षक बचाउ गरेका थिए । मध्यान्तरपछिको प्रतिस्पर्धामा कोलकाताका गोलरक्षले प्रेरणादायी प्रदर्शन गरे । ४७औँ मिनेटमा मच्छिन्द्रका स्टेफनले डिबक्सभित्रबाट गरेको कडा प्रहार कोलकाताका कप्तान सुमनले क्लियर गरे । गोलरक्षक सुरज मल्लिक अगाडि मौकामा सुमनले लगभग गोललाइनबाट क्लियर गरे । गोल हुनबाट जोगाए । दोस्रो हाफमा कोलकाताले केही राम्रो अवसर खेर फालेको थियो । ६५औँ मिनेटमा स्टिफिनले डिबक्सबाट प्रहार गरेको बल पोस्टनजिक हुँदै बाहिरियो । 

खेलको ७०औँ मिनेट मनीष डाँगीको स्टेफनले प्रहार गरेको बललाई कोलकत्ताका गोलरक्षक सुरजले उत्कृष्ट बचाउ गरे । कोलकाताका प्रशिक्षक सौमेन्दु कुन्दूले खेलाडीहरूको थुप्रै अवसर पाउँदापाउँदै फिनिसिङ पक्ष कमजोर भएको बताए । मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले खेलाडीले योजनाअनुसार आक्रामक खेल्दा नतिजा आएको बताए । उनले सेमिफाइनलमा क्वार्टरफाइनलमा गरेको गल्ति सच्याउने बताए । उनका अनुसार सेमिफाइनलमा बिमल घर्तीमगर मैदानमा देखिनेछन् । 

ad
ad