१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
शिल्पा कर्ण काठमाडाैं
Invalid date format २o:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

व्यापारीको ३५ तोला सुन फिर्ता दिन १८ लाख घुस माग्ने डिएसपी ठगबहादुर दोषी ठहर 

घुस दिने व्यवसायी जिसीलाई पनि डेढ वर्ष कैद र साढे नौ लाख जरिवाना

Read Time : < 1 मिनेट
शिल्पा कर्ण, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format २o:o८:oo

विशेष अदालतले इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसी र उनलाई घुस उपलब्ध गराउने खेम भनिने खिलेन्द्र जिसीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। घुस लिने र दिनेमाथि दायर छुट्टाछुट्टै मुद्दामा विशेषले मंगलबार फैसला दिएको हो। 

विशेषका अधिकृत यज्ञराज रेग्मीका अनुसार डिएसपी केसीलाई दुई वर्ष कैद हुने भएको हो। केसीलाई आठ लाख ५० हजार रुपैयाँ जरिवानासमेत तोकेको छ। २५ मंसिर २०७९ मा सुन ल्याएर राखेका केसीविरुद्ध यसै वर्ष १३ भदौमा मुद्दा दायर भएको थियो। 

यसैगरी, केसीलाई घुस दिने व्यवसायी जिसीले अदालतमा प्रतिकूल बकपत्र गरेपछि उनीविरुद्ध पनि मुद्दा दायर भएकोमा उनलाई एक वर्ष ६ महिना कैद र नौ लाख ५० हजार रुपैयाँ जरिवाना हुने भएको छ। दुवैको मुद्दामा विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले सुनुवाइ गरी सजाय सुनाएको हो । 

बुटवलको इलाका प्रहरी कार्यालयका प्रमुख केसीले नजिकैको हाटबजारबाट व्यवसायीको सुन ल्याएका थिए भने फिर्ता गर्न घुस मागिरहेका थिए। केसीले ३४ तोला २१ लाल ७ प्वाइन्ट सुन लिएर गएको र १५ दिनसम्म कार्यालय तथा जिम्मेवार कर्मचारी कसैलाई जानकारी नदिएको पाइएको थियो। 

यस विषयमा प्रहरी प्रधान कार्यालयमा उजुरी परेपछि अनुसन्धान भएको थियो। सुन लिई फिर्ता दिने प्रयोजनका लागि उनले १८ लाख रुपैयाँ माग गरिरहेका थिए। आठ लाख ५० हजार रुपैयाँ उनले अन्य व्यक्तिमार्फत नगद र नाै लाख ५० हजार रुपैयाँको चेक मागेको अनुसन्धानबाट खुलेको थियो। 

खानतलासीका क्रममा केसीको घरबाट ३४ तोलाभन्दा बढी सुन बरामद भएको थियो। सुन फिर्ता लिने प्रयोजनका लागि घुस उपलब्ध गराउने जिसीविरुद्ध भने यसै वर्ष ११ पुसमा अख्तियारले मुद्दा चलाएको थियो।