मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १७:४o:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

स्थानीय तहको पैसा निक्षेपमा गणना गर्न पाउने व्यवस्था हट्यो

अधिक तरलता भएपछि सरकारले फिर्ता लियो निक्षेपको पैसा, प्रणालीबाट बाहिरियो ९६ अर्ब

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १७:४o:oo

स्थानीय तहको सञ्चित कोषको मौज्दातबाट ६० प्रतिशत निक्षेप गणना गर्न पाउने व्यवस्था हटेको छ।

अर्थ मन्त्रालयको निर्देशनमा नेपाल राष्ट्र बैंकले मंगलबार वाणिज्य बैंकहरूबाट निक्षेपमा गणना भएको यस्तो रकम फिर्ता लिएको हो। योसँगै प्रणालीबाट ९६ अर्ब निक्षेप बाहिरिएको केन्द्रीय बैंकका सहायक प्रवक्ता डिल्लीराम पोखरेलले जानकारी दिए।

उनले भने, ‘सरकारले आफ्नो पैसा जुनसुकै वेलामा फिर्ता लिन पाउँछ। त्यसैअनुसार फिर्ता लिएको हो। बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पुँजी पर्याप्त भएकाले सरकारले फिर्ता लिएको हो।’

केन्द्रीय बैंकका अनुसार आइतबारसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६२ खर्ब २ अर्ब रुपैयाँ थियो। जसमा वाणिज्य बैंकहरूको मात्रै ५४ खर्ब ८९ अर्ब कायम थियो।

केन्द्रीय बैंकको तथ्यांकलाई आधार मान्ने हो भने बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६१ खर्ब ६ अर्ब रुपैयाँ कायम हुनेछ। आइतबारसम्म बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह ५० खर्ब ८७ अर्ब कायम छ। वाणिज्य बैंकहरूको कर्जा प्रवाह ४५ खर्ब १ अर्ब कायम छ।