१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

झिनो अंकले घट्यो नेप्से, दुई अर्ब २९ करोडको कारोबार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:४३:oo

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ। आज नेप्से परिसूचक १.८५ प्रतिशतले घटेर दुई हजार १०.२१ को विन्दुमा कायम भएको हो।

आज तीन सय १२ कम्पनीको ६१ लाख ३१ हजार ६ सय २१ कित्ता सेयर ४६ हजार दुई सय ३५ पटक खरिद–बिक्री हुँदा रु. दुई अर्ब २९ करोड १६ लाख ४५ हजार पाँच सय ८५ बराबरको कारोबार भएको छ।

आजको कारोबारमा वित्त समूह ०.०३, लगानी ०.०४, जीवन बिमा ०.१९, लघुवित्त १.८९, म्युचुअल फन्ड ०.३० र व्यापार समूह ०.३२ प्रतिशतले बढेका छन् भने अरू सबै समूहको उपसूचक घटेको छ।

आज बैंकिङ ०.१८, विकास बैंक ०.१६, होटेल तथा पर्यटन ०.५७, जलविद्युत् ०.७९, उत्पादन तथा प्रशोधन ०.३३, निर्जीवन बीमा ०.१७ र अन्य समूह ०.७५ प्रतिशतले घटेको छ।

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ९.९५ र उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ८.६४ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै घट्नेमा भने ज्योति विकास बैंक बन्ड–२०८७ को सेयर मूल्य ७.५० प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै गुर्खाज फाइनान्स लिमिटेडको रु. १४ करोड ९८ लाख ८४ हजार नौ सय एकबराबरको सेयर कारोबार भएको छ। कारोबार भएका सेयर संख्याका आधारमा भने प्रभु सेलेक्ट फन्डको तीन लाख २० हजार तीन सय ६४ कित्ता सेयर किनबेच भएको छ।