१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
गणेश लम्साल विराटनगर
Invalid date format १३:४७:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

आठौँ विराट गोल्डकप : क्वार्टरफाइनलमा आज मछिन्द्र र  काेलकाता भिड्दै 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format १३:४७:oo

विराटनगरमा जारी विराट गोल्डकपको अन्तिम क्वार्टरफाइनल खेलमा आज मछिन्द्र क्लब र काेलकाता भिड्दै छन्।

विराटनगरको सहिद रंगशालामा जारी रात्रिकालीन प्रतिस्पर्धामा आजको अन्तिम क्वाटर्रफाइनल खेलमा मन्छिन्द्र क्लब काठमाडाैं र भारतको कोलकातास्थित साउर्थन समिति फुटबल क्लब भिडने भएका हुन्।  

आजको अन्तिम क्वार्टरफाइनलमा विजयी टिमले सोमबार तेस्रो क्वार्टरफाइनलमा विजयी विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ)सँग बिहीबार सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ। उता पहिलो सेमिफाइनल खेल घरेलु टिम सांग्रिला मोरङ र भारतको सिक्किम ड्रागनबीच बुधबार हुनेछ।

आठौँ संस्करणका रूपमा १५ चैतदेखि विराटनगरमा आयोजना भइरहेको विराट गोल्डकपमा नेपाल, भारत र भुटानका जम्मा १० टिम सहभागी भएका थिए। प्रतियोगिताको अन्तिम फाइनल खेल २४ चैतमा सम्पन्न हुनेछ। 

जारी प्रतियोगितामा विजेताले ११ लाख र उपविजेताले पाँच लाख ५० हजार रुपैयाँ पाउनेछन्। यसैगरी उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलरक्षक अनि सर्वाधिक गोलकर्ताले जनही २१ हजार रुपैयाँ पाउनेछन्। दैनिक हुने खेलको उत्कृष्ट खेलाडीले नगद ११ हजार पाइरहेका छन्। प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीलाई मोटरसाइकल दिने आयोजकले जनाएको छ।