नेपालका लागि महिन्द्रा फोरह्विलरको आधिकारिक विक्रेता अग्नि ग्रुपले सर्भिस एन्ड पार्टस् म्यानेजर मिट २०२४ सम्पन्न गरेको छ । बालाजु अटो वर्क्सका प्रबन्ध–निर्देशक अर्जुनप्रसाद शर्मा र एम एन्ड एम नेपालका लागि सर्भिस कन्ट्री म्यानेजर सोमनाथ धरका साथै अग्नि ग्रुप नेटवर्क्सका अतिथिहरूको उपस्थितिमा म्यानेजर्स मिट आयोजना भएको हो ।
कार्यक्रममा महिन्द्र्रा केयर फेस्ट २०२४ मा विजेता डिलरलाई बालाजु अटो वर्क्सका प्रबन्ध–निर्देशक शर्मा, सर्भिस कन्ट्री म्यानेजर धरका साथै कम्पनीका विभाग प्रमुखले विभिन्न उपाधिले सम्मान गरेका थिए । जसमा बेस्ट फोटो अफ द केयर फेस्ट इटहरीको अग्नि आस्था, बेस्ट कस्टमर इन्गेजमेन्ट श्री बाराही अटो वर्क्सका ओम, हाइएस्ट एम–ट्र्याक इनरोलमेन्ट इटहरीकै अग्नि आस्था, हाई पर्फरम भैरहवाको अग्नि आस्था, हाई एचिभर ठाकुर अटो केयर सेन्टरले जितेको कम्पनीले जनाएको छ ।
साथै, म्यानेजर्स मिट २०२४ मा उत्कृष्ट प्रदर्शन गर्ने ओम श्री वाराहीबाट बेस्ट कस्टमर केयर एक्जिक्युटिभ २०२४ विनिता केसी, सेन्ट्रल सर्भिस सेन्टरबाट बेस्ट सर्भिस म्यानेजर २०२४ शशि पँजियार र एमके इन्कर्पोरेटेड प्रालिबाट बेस्ट स्पेयर पार्टस् म्यानेजर २०२४ राजेश लाघेलाई उनीहरूको योगदानका लागि सम्मानित गरिएको उल्लेख छ ।
कार्यक्रममा बालाजु अटो वर्क्सका प्रबन्ध–निर्देशकले संस्थाको विकासमा सबैको योगदानको प्रशंसा गरे । उनले सर्भिस एन्ड पार्टस् म्यानेजर मिट २०२४ मार्फत साझेदारीलाई सुदृढ पार्ने र उत्कृष्टता हासिल गर्ने प्रतिबद्धताका साथै सँगै काम गरेर दीर्घकालीन वृद्धि र नवप्रवर्तनको सम्भावनालाई अनलक गर्ने कुरामा जोड दिएका थिए ।