सिटिजन्स बैंक इन्टरनेसनलले १७औँ वार्षिकोत्सवलाई मध्यनजर गर्दैे गत शनिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । वैशाख ७ गते बैंकको वार्षिकोत्सव हो । बैंकले गण्डकी प्रदेशअन्तर्गत बेनी शाखा र कर्णाली प्रदेशअन्तर्गत सुर्खेत शाखाको सक्रियतामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो ।
बैंकले बेनी नगरपालिका–६ को बेनी सञ्जीवनी हेल्थ क्लिनिक र सुर्खेतको बराहताल गिरीघाटस्थित जिपी मेमोरियल नर्सिङ होमसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । उक्त स्वास्थ्य शिविरमा करिब तीन सयजनाभन्दा बढी व्यक्तिले सेवा लिएका थिए । बैंकले निःस्वार्थ भावले विभिन्न सामाजिक गतिविधि गर्दै आएको छ ।