दसाैँ राष्ट्रिय खेलकुदका लागि त्रिभुवन आर्मी क्लबको बलियो तयारी, टेबलटेनिसमा नौ खेलाडी आबद्ध

आइतबार, १५ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं। आगामी दसाैँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै त्रिभुवन आर्मी क्लबले टेबलटेनिसका उत्कृष्ट तथा अनुभवी खेलाडीहरूलाई आफ्नो टोलीमा आबद्ध गरेको छ।

आर्मी क्लबले पुरुषतर्फ रुबिन महर्जन, हिमाल विष्ट, प्रजिल भट्टराई, जयेश्नु महर्जन र चन्दन शाहीलाई आबद्ध गरेको छ।

त्यस्तै, महिलातर्फ हालै सम्पन्न राष्ट्रिय टेबल टेनिस प्रतियोगिताकी च्याम्पियन योंगी पौडेल, उपविजेता इवाना थापा तथा बियंका राई र आश्मा पहरीलाई टोलीमा समावेश गरेको छ।

राष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक अनुभव भएका यी खेलाडीहरूको आबद्धतासँगै त्रिभुवन आर्मी क्लबको पुरुष तथा महिला दुवै टोली थप बलियो बनेको छ।

दसाैँ राष्ट्रिय खेलकुदलाई विशेष प्राथमिकतामा राख्दै गरिएको यो तयारीले टेबलटेनिसतर्फको पदक प्रतिस्पर्धा अझ रोचक र चुनौतीपूर्ण बन्ने अपेक्षा गरिएको छ।

बलियो खेलाडी संयोजनसँगै त्रिभुवन आर्मी क्लब आगामी दसाैँ राष्ट्रिय खेलकुदको टेबलटेनिस प्रतियोगितामा प्रमुख दाबेदारमध्ये एकका रूपमा प्रस्तुत हुने देखिएको छ।

सुझावित समाचार