१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार o८:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
अन्तर्वार्ता प्रिन्ट संस्करण

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीलाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o८:१o:oo

ग्रिन हाइड्रोजन उत्पादनको परीक्षण सफल हुनुलाई के भन्नुहुन्छ ?
यो एकदमै सकारात्मक समाचार हो । ढिलोचाँडो हामी मात्र होइन, संसार नै त्यसमा नपुगी सुखै छैन । संसार नवीकरणीय ऊर्जामा धेरै अघि बढिसक्यो । हामीचाहिँ धेरै ढिलो भइसक्यौँ । ग्रिन हाइड्रोजन उत्पादनका लागि पनि बिजुली चाहिन्छ ।

हामी अझै विद्युत् उत्पादनमै अल्झिरहेका छौँ । तैपनि, हामीले बिजुली कम खपत हुने रातको समयमा ग्रिन हाइड्रोजन उत्पादन गर्न सक्छौँ । ढिलोचाँडो पेट्रोल र डिजेलको विकल्प ग्रिन हाइड्रोजन नै । अहिले प्रचलनमा आएका विद्युतीय सवारी साधनमा पनि शतप्रतिशत सफा ऊर्जा प्रयोग हुँदैन । त्यसको ब्याट्री व्यवस्थापन ठुलो चुनौती बन्न सक्छ । तर, ग्रिन हाइड्रोजनचाहिँ शतप्रतिशत सफा ऊर्जा भएकाले अबका दिनमा संसार त्यतै लाग्छ ।

 नेपालमा यसको उत्पादन सम्भाव्यता र बजारको सम्भावना कस्तो छ ?
हामीले आवश्यक विद्युत् ऊर्जाको जोहो गर्न सक्यौँ भने ग्रिन हाइड्रोजन उत्पादनको सम्भावना जति पनि छ । ग्रिन हाइड्रोजन उत्पादन गरेर आफ्नो देशको माग पूरा गरी यसलाई संसारभर निर्यात गर्न सकिन्छ । अहिले हामीले खाडी मुलुकबाट इन्धन ल्याइरहेका छौँ । अबका दिनमा हामीले खाडी मुलुकलाई ग्रिन हाइड्रोजन बिक्री गर्न सक्छौँ । यसलाई युरोप, अमेरिका या संसारका कुनै पनि भूभागमा पुर्‍याएर बेच्न सकिन्छ । त्यसैले बजारको कुनै चिन्ता छैन ।  


नेपालमा यसको व्यावसायिक उत्पादनको सम्भावना कति छ ?
प्रशस्त छ । यसका लागि सरकारले आवश्यक नीति निर्माण गरी सहजीकरण गरिदिनुपर्छ । साथै, लगानीका लागि बैंकहरूलाई पनि विश्वास दिलाउन सक्नुपर्छ । वाह्य लगानीलाई पनि स्वागत गर्न सक्नुपर्छ । व्यावसायिक उत्पादन नहुने कुरै छैन । 

ad
ad