१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
निना एल ख्रुस्चेभा
Invalid date format १o:३६:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

मिडिया बाहुबली मर्डोकको पाँचौँ विवाह

Read Time : > 2 मिनेट
निना एल ख्रुस्चेभा
नयाँ पत्रिका
Invalid date format १o:३६:oo

रूसबाट प्रायः विचलित पार्ने समाचार आइरहेका हुन्छन् र मार्च महिना कुनै अपवाद होइन । पहिलो, विपक्षी नेता एलेक्सी नाभाल्नी जसको गत महिना आर्कटिक पेनल कोलोनीमा निधन भएको थियो, तिनका लागि शोक व्यक्त गर्न दसौँ हजार रुसी घरबाहिर निस्किएका थिए । धेरै रुसीले संगठित रूपमा विरोध जनाउँदै राष्ट्रपति चुनावमा भ्लादिमिर पुटिनविरुद्ध मतदान गर्न लाइनमा लागेका थिए । यसबाट क्रेमलिनको पुटिनले प्रचण्ड बहुमत ल्याएर राष्ट्रपतिको कार्यकाल ६ वर्षका लागि पुर्‍याएको भाष्य पनि टुटेको छ । मस्कोको कन्सर्टस्थलमा आइएसआई–केको विनाशकारी आतंककारी हमलामा एक सय ४३ जना मारिए भने तीन सयभन्दा बढी घाइते भए ।

यो त्रासदी नभएको भए रुससँग सम्बन्धित अर्को एक कथाले धेरैको ध्यान खिचेको हुन सक्थ्यो । फक्स न्युज, न्युयोर्क पोस्ट, द वाल स्ट्रिट जर्नल र बेलायतको द टाइम्सका ९३ वर्षीय मालिक मिडिया बाहुबली रुपर्ट मर्डोकको रुसमा जन्मेकी २५ वर्ष कान्छी मलिक्युलर जीववैज्ञानिक एलेना झुकोभासँग इंगेजमेन्ट भएको छ ।

फक्स न्युजबाट मर्डोकले कट्टर इसाई मूल्य–मान्यतालाई भजाएर नाफा कमाए पनि उनी धार्मिक वा अन्य कुनै पनि मूल्य–मान्यतामा बाँच्दैनन्

मर्डोकले आफ्ना चार पूर्ववर्तीमध्येकी तेस्री पत्नी वेन्डी देङ जो झुकोभाकी छोरी दसाकी साथी हुन्, तिनैमार्फत आफ्नो हुनेवाली दुलहीलाई भेटेका थिए । देङको जन्म चीनमा भएको सन्दर्भमा न्युयोर्क टाइम्सका पत्रकारले मलाई ठट्टा गर्दै ‘मिडिया टाइकुन एक अधिनायकवादी मुलुककी पत्नीबाट अर्कोमा सर्दै छन्’ भनेका थिए । उनले लोकतन्त्र वा समानताजस्ता मूल्यभन्दा पैसा कमाउने र व्यक्तिगत स्वार्थ पछ्याउने व्यक्तिका लागि मर्डोकको प्राथमिकता हुन सक्छ पनि भनेका थिए ।

मर्डोकका सबै पत्नी अधिनायकवादी मुलुकमा जन्मेका छैनन् । मर्डोककी चौथी पत्नी अमेरिकी मोडल एवं अभिनेत्री जेरी हल थिइन् । उनले जुन २०२२ मा इमेलमार्फत ६ वर्षको विवाह अन्त्य गरेका थिए र मार्च २०२३ सम्ममा उनले अर्को अमेरिकी पुरातनपन्थी रेडियो होस्ट एन लेस्ले स्मिथलाई अन्तिम पत्नी हुन जिद्दी गरेका थिए । तीन साताभन्दा कम समयपछि स्मिथसँगको इंगेजमेन्ट रद्द भयो, किनभने मर्डोकले स्मिथको इसाई कट्टरपन्थी विचारलाई स्वीकार गर्न सकेनन् ।

फक्स न्युजबाट मर्डोकले कट्टर इसाई मूल्य–मान्यतालाई भजाएर नाफा कमाए पनि उनी धार्मिक वा अन्य कुनै पनि मूल्य–मान्यतामा बाँच्दैनन् । बरु उनी आफूलाई स्त्रीपरस्त पुरुषका रूपमा देखाउन चाहन्छन्, जो बुढ्यौलीमा पनि महिलालाई कारजस्तै लेनदेन गर्छन् । तर, झुकोभासँग उनको विवाह भिन्न हुनेछ । जे भए पनि उनले मर्डोकको जीवनमा आउने काण्डबारे जनताको जान्ने इच्छालाई उकास्न सक्छिन् । मिडिया बाहुबली मर्डोक र उनको असफल परिवारबाट प्रेरित भएर एचबिओले लोकप्रिय नाटक सक्सेसनसमेत बनाएको छ ।

यस अवस्थामा अबकी श्रीमती मर्डोक को हुन् ? सोभियत गुप्तचर निकायकी सदस्य झुकोभाले राज्य–सञ्चालित हेमाटोलोजी र रक्त ट्रान्सफ्युजन संस्थानमा काम गरेकी थिइन् । र, सोभियत संघको पतनपछि क्यालिफोर्नियामा आणविक जीवविज्ञानमा आफ्नो अनुसन्धान जारी राखेकी थिइन् । अन्य सोभियत महिलाले झैँ अमेरिका बसाइँ सर्दा उनले आफूलाई ‘सुन्दर महिला’का रूपमा कामना गरेकी हुन सक्छिन्, जहाँ एक धनी पुरुषले पश्चिमसँग जोडिएको भव्य जीवनशैली प्रदान गर्छ । चेकमा जन्मिएकी इभाना र स्लोभेनियामा जन्मिएकी मेलानियाले डोनाल्ड ट्रम्पमा त्यही फेला पारेका हुन् ।

तर, झुकोभा अरबपति जीवनशैलीमा नयाँ भने बिल्कुल होइनन् । उनको पहिलो पति रुसी व्यापारी अलेक्ज्यान्डर झुकोभ थिए । उनी सन् १९९० को दशकका यस्ता व्यापारी हुन्, जसले अनेक उपाय गरेर सोभियत पतनपछिको ‘वाइल्ड इस्ट’को समयमा अकुत सम्पत्ति कमाए । यसले उनलाई निश्चित रूपमा रुसी कुलीन वर्गको ग्ल्यामर प्रदान गरेको थियो । पीछ उनले सँगैका आप्रवासी जीव वैज्ञानिकसँग दोस्रो विवाह गरेकी थिइन् ।

झुकोभा अर्को रुसी कुलीन अरबपति रोमन अब्रामोविचकी पूर्वसासू पनि हुन्, जसले लन्डनको चेल्सी फुटबल क्लबको मालिकका रूपमा करिब २० वर्ष रहँदा पश्चिममा कुख्याति कमाएका थिए । क्रेमलिनको भित्रियाका रूपमा अब्रामोभिचले बारम्बार पश्चिममा पुटिनको दूतका रूपमा काम गरेका छन् । विशेषतः फेब्रुअरी २०२२ मा पूर्ण अतिक्रमणपछि रुस र युक्रेनबीचको शान्ति वार्तामा पुटिनको विश्वासपात्रका रूपमा काम गरेका थिए । पुटिनसँगको उनको सम्बन्धले बेलायती सरकारलाई त्यस वर्ष उनलाई चेल्सी बेच्न बाध्य तुल्याएको थियो ।

आफ्ना बुबा मर्डोकको सम्पत्तिका बाबजुद दसाले अब्रामोविचसँग आफ्नो दश वर्षको विवाहको समयमा मात्र सार्वजनिक चर्चा पाएकी थिइन् । आफ्नो सामाजिक हैसियतबाहिरको मान्यता प्राप्त गर्न इच्छुक दसाले आफूलाई ग्यालरिस्ट र कला संग्रहकर्ताका रूपमा स्थापित गर्ने प्रयास गरेकी थिइन् । उनी मस्कोको एक ठूलो कला परियोजना र प्रदर्शनी स्थलकी हर्ताकर्ता पनि हुन् । 

अब्रामोविचसँग दसाको विवाह सन् २०१७ मा समाप्त भएको थियो । तर, कुलीन सम्भ्रान्त हुन उनले लामो समय कुर्नुपरेन । उनले सन् २०२० मा स्विट्जरल्यान्डमा फिल्म स्टारले भरिएको समारोहमा ग्रिक ढुवानी धनाढ्यका नाति स्टाभरोस निआर्कोससँग विवाह गरेकी थिइन् । मर्डोकसँग उनको आसन्न विवाहपछि दसाकी आमाले निःसन्देह मर्डोकको परिवारको सम्पत्ति, शक्ति र ग्ल्यामरको कथामा एक अर्को अध्याय योगदान गर्नेछिन् ।

मर्डोक अर्थात् षड्यन्त्रका सिद्धान्तका प्रमुख अमेरिकी प्रवक्ता आफ्नो बुढेसकालका वर्षमा एक सोभियत पूर्ववैज्ञानिकसँग जोडिनेछन्, जसको छोरीको सम्बन्ध पुटिनसँग निकै राम्रो छ । सक्सेसनले योभन्दा राम्रो नाटकको अन्त्य मञ्चन गर्न सक्दैन ।
(ख्रुस्चेभा द न्यु स्कुलकी अन्तर्राष्ट्रिय मामिलाकी प्राध्यापक हुन्) प्रोजेक्ट सिन्डिकेटबाट