मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o चैत १६ शुक्रबार
  • Sunday, 13 July, 2025
२o८o चैत १६ शुक्रबार १२:४o:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

दक्षिण अफ्रिकामा बस दुर्घटना, मृत्यु हुनेको संख्या ४५ पुग्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o चैत १६ शुक्रबार १२:४o:oo

दक्षिण अफ्रिकाको उत्तरपूर्वी लिम्पोपो प्रान्तमा बिहीबार भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४५ पुगेको छ। 

यातायात विभागका अनुसार बोत्सवानाबाट लिम्पोपो प्रान्तको मोरिया सहरतर्फ गइरहेको यात्रुवाहक बस दुर्घटना भएको थियो। एक यात्रुको भने गम्भीर घाइते अवस्थामा उद्धार गरिएको अधिकारीहरूले बताएका छन्। 

दक्षिण अफ्रिकाका यातायातमन्त्री सिन्डिसिवे सिकुन्गाले मोरिया सहरनजिक भएको यस दुःखद घटनामा ज्यान गुमाउनेप्रति श्रद्धासुमन व्यक्त गर्दै सवारी चलाउँदा अत्यन्त सावधानी अपनाउन आग्रह गरे।

उद्धार कार्यबारे प्रहरीले नियमित अद्यावधिक विवरण सार्वजनिक गरिरहेको जनाएको छ। दुर्घटनाबारे यथार्थ विवरण भने सार्वजनिक भइसकेको छैन। 

दुर्घटनामा ज्यान गुमाउनेहरू अधिकांश इसाई समुदायको इस्टर पर्वका अवसरमा सहभागीहरू रहेका प्रहरीको भनाइ छ। उक्त बस अनियन्त्रित भई पुलबाट झन्डै ५० मिटर तल नदीमा खसेर आगो लागेको थियो। (रासस/सिन्ह्वा)