१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२०८० चैत १६ शुक्रबार ११:२६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनआइसी एसिया ‘विराट गोल्डकप फुटबल’को प्रायोजक

Read Time : < 1 मिनेट
२०८० चैत १६ शुक्रबार ११:२६:००

एनआइसी एसिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको ‘विराट गोल्डकप फुटबल’लाई मुख्य प्रायोजन गर्ने भएको छ ।

बैंकले मुख्य प्रायोजन गर्ने गरी आयोजक विराट गोल्डकप फुटबल ट्रस्टसँग सम्झौता गरेको हो । सम्झौतामा बैंकका ब्रान्डिङ एन्ड कर्पाेरेट कम्युनिकेसन प्रमुख सरोज भट्टराई र ट्रस्टका अध्यक्ष किशोरबहादुर शाहीले हस्ताक्षर गरेको जनाइएको  छ । 

नेपाली जनमानसको मन–मनमा विशेष स्थान ओगटेको फुटबल खेललाई थप उचाइमा पुर्‍याउन यो सहकार्यले विशेष योगदान पुग्ने बैंकले विश्वास व्यक्त गरेको छ ।

बैंकले एकता, टिमवर्क र उत्कृष्टताको भावनालाई बढावा दिँदै आएको उल्लेख गरेको छ । यस्ता प्रतियोगितामा सहकार्य गरेर खेल जीवनलाई प्रवर्द्धन गर्ने मात्र नभई राष्ट्रियस्तरमा आफ्नो प्रतिभा प्रदर्शन गर्न लालायित युवा खेलाडीलाई उत्कृष्ट मञ्च प्रदान गर्ने लक्ष्य राखेको बैंकले जनाएको छ ।