१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १o:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

बिवाइडीको न्यु इनर्जी भेहिकल उत्पादन ७० लाख पुग्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १o:४८:oo

न्यु इनर्जी भेहिकल र पावर ब्याट्री उत्पादक कम्पनी बिवाइडीले ७० लाख न्यु इनर्जी भेहिकल, डेन्जा एन–७ सार्वजनिक गरी यो लक्ष्य हासिल गर्ने पहिलो कम्पनी बनेको छ । कम्पनीको चीनमा रहेको जिनान फ्याक्ट्रीमा उत्पादित डेन्जा एन–७ सार्वजनिक गरेर बिवाइडीले ब्रान्डका लागि सो ऐतिहासिक उपलब्धि हासिल गरेको बताएको हो । 

सन् २००३ मा अटोमोटिभ उद्योगमा प्रवेश गरेको बिवाइडीले पहिलो न्यु इनर्र्जी भेहिकल २००८ मा बिक्री गरेको थियो । अहिले भने यसले दर्जनौँ मोडेल बिक्री गर्दै आएको जनाएको छ । बिवाइडीले सन् २०२१ को मे महिनामा १० लाख सवारीसाधन उत्पादन गरेको थियो भने त्यसपछिको १८ महिनामै तीन गुणा पुर्‍याएको दाबी गरेको थियो । त्यसपछिको नौ महिनामा ५० लाख र फेरि सात महिनामै ७० लाख उत्पादन पुर्‍याउन सफल भएको कम्पनीले जनाएको छ । 

सन् २०२३ मा बिवाइडीको वार्षिक बिक्री ३० लाख २० हजार युनिटभन्दा बढी पुगेर न्यु इनर्जी भेहिकलको बजारमा ग्लोबल लिडर नै बन्न सफल भएको कम्पनीको भनाइ छ । विभिन्न ब्रान्ड पोर्टफोलियोअन्तर्गतका फरक–फरक क्याटागोरीमा उपलब्ध फरक मोडेलले यसरी बिक्री बढाउन भूमिका खेलेको कम्पनीको बुझाइ छ ।

यसैगरी, यही वर्ष नै अन्तर्राष्ट्रिय बजारमा समेत दुई लाख ४० हजार युनिटभन्दा बढी कार निर्यात गरी बिवाइडी न्यु इनर्जी भेहिकलअन्तर्गत टप चाइनिज निर्यातकर्ता कम्पनीसमेत बनेको कम्पनीले जनाएको छ । एक वर्षमै यो संख्या तीन सय ३७ प्रतिशतले बढेको जनाइएको छ । हाल विश्वका ६४ देश र क्षेत्रमा बिवाइडीका न्यु इनर्जी प्यासेन्जर गाडी बिक्री भइरहेको उल्लेख छ । 

ad
ad