१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:४३:oo
Read Time : > 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

फिल्म ‘एन्जिला’को रिलिज मिति घोषणा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:४३:oo

महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रेरित नेपाली फिल्म ‘अञ्जिला’ आगामी वर्ष ११ माघमा रिलिज हुने भएको छ।

मिलन चाम्सले निर्देशन गरेको यो फिल्ममा एन्जिला स्वयंको मुख्य भूमिका छ। उनीसँगै दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, हरि खड्का, मञ्जु श्रेष्ठ, वेदना राई, सिद्धार्थ सिंह, सुरज तमु, सुमिन गुरुङ, विष्णु मोक्तानलगायतको अभिनय रहेको छ।

चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठले पनि अभिनय गरेका छन्। श्रेष्ठले वास्तविक जीवनकै भूमिका निभाएका छन्।

एन्जिलाको जन्मथलो इलामको आइतबारेसहित झापा र काठमाडौंमा यस चलचित्रको छायांकन भएको छ। निर्देशक चाम्सले आफ्नो निर्देशन करिअरमा यो चलचित्रले फरक प्रकारको छाप छोड्ने दाबी गरेका छन्। एन्जिलाको बालापनदेखि खेल जीवनसम्मको कथामा उनले फुटबलर बन्नका लागि गरेको संघर्ष र सफलताको कथालाई चलचित्रमा जोड दिएको चाम्सले बताए।

यो चलचित्रमा ७५ प्रतिशत एन्जिलाकै जीवनी हुने भए पनि ठ्याक्कै एन्जिलाको बायोपिक भने नभएको प्रस्ट पारेका छन्। १४ वर्षदेखि एन्जिलाको अभिभावकत्व ग्रहण गर्दै आएका उनले शिक्षादीक्षादेखि खेलाडी बनाउने सहमतिमा हस्ताक्षर गरेर एन्जिलालाई मोरङबाट काठमाडौं ल्याएका थिए।

२०५३ सालमा पाँचथरको फाक्तेपमा जन्मिएकी एन्जिलाले १३ वर्षको उमेरदेखि नै फुटबल खेल्न सुरु गरेकी थिइन्। सन् २०१४ मा श्रीलंकामा सम्पन्न एएफसी यू–१४ गर्ल्स रिजनल ट्रफीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यु गरेकी उनी २०१४ बाट राष्ट्रिय टिममा परेकी थिइन्।

महिला राष्ट्रिय फुटबल टिमको भरपर्दो गोलरक्षक बनेकी एन्जिला ‘पल्सर स्पोर्टस् अवार्ड २०७७’ को पिपुल च्वाइस अवार्डको मनोनयनमा समेत परेकी थिइन्। यो विधामा मनोनयनमा पर्ने एन्जिला फुटबलकी एक मात्र खेलाडी हुन्।

एन्जिला ओलम्पिक क्वालिफाइङ राउन्डमा दोस्रो राउन्डसम्म खेल्ने पहिलो नेपाली महिला गोलरक्षक पनि हुन्। यसैगरी, उनी चीनमा भएको एसियन गेम्स खेल्ने, हिरो गोल्ड कपमा भारतलाई जित्ने, साफको सेमिफाइनलमा भारतलाई जित्ने पहिलो गोलरक्षक र क्याप्टेन पनि हुन्।

उनी साफको सिल्भर मेडलिस्ट गोलरक्षक हुन् भने श्रीलंकामा भएको साउथ रिजनल जोन टुर्नामेन्टमा भारत, इरान, भुटान, ताजकिस्तान र श्रीलंकालाई जितेर पहिलोपटक गोल्ड मेडल ल्याउने नेपाली गोलरक्षक हुन्। पाकिस्तान लिगमा उनी गोलरक्षक रहेर पनि दुई गोल गरेकी थिइन्।