Skip This
हात्तीको आक्रमणबाट श्रीमतीको मृत्यु, श्रीमान् घाइते
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत १५ बिहीबार
  • Saturday, 27 July, 2024
रासस झापा
२o८o चैत १५ बिहीबार १२:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हात्तीको आक्रमणबाट श्रीमतीको मृत्यु, श्रीमान् घाइते

Read Time : < 1 मिनेट
रासस, झापा
नयाँ पत्रिका
२o८o चैत १५ बिहीबार १२:५५:oo

झापाको शिवसताक्षी नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। आक्रमणबाट उनका श्रीमान् घाइते भएका छन्। 

शिवसताक्षी– ११ स्थित रतुवामाई वृक्षरोपण आयोजनाको वन क्षेत्रमा जंगली हात्तीको आक्रमणबाट स्थानीय ६० वर्षीया पवित्रा भेटुवालको  घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए। उनी बुधबार साँझ वनमा घाँस–दाउरा लिन गएकी थिइन्।

घटनास्थलबाट सात किलोमिटर दक्षिणमा रहेको झिलझिले इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले घटनास्थलबाट पवित्राका श्रीमान् ६२ वर्षीय दिलीप भेटुवाललाई उद्धार गरी उपचारका लागि बिर्तामोडस्थित पूर्णटुंग बिर्तासिटी अस्पताल पुर्‍याएको प्रहरी निरीक्षक गिरीले बताए। घाइतेको मुख, हात र शरीरका विभिन्न भागमा चोट लागेको छ।

यस वर्ष साउनदेखि हालसम्म जिल्लामा हात्तीको आक्रमणमा परी पाँचजनाको ज्यान गएको छ। जंगली हात्तीले बुधबार अर्जुनधारा नगरपालिका– ९ बाह्रघरेका नन्दप्रसाद पौडेल र दुर्गा बस्नेतको घर भत्काएको छ। हात्तीले गोठमा रहेको धानसमेत खाएको छ। हात्तीले यसअघि मंगलबार कमल गाउँपालिका– ५ सिम्लेका आइतराज लिम्बूको खेतको मकै खाएको थियो।

हात्तीले आइतबार मेचीनगर नगरपालिका– ३ दोकानडाँडाका टंकप्रसाद पौडेल, छुनु दनुवार र धनसिंह तामाङको घरसमेत भत्काएको प्रहरीले जनाएको छ।