१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
ललितपुर महानगरपालिका– १९, कुमारीपाटीनजिकै अग्निशाला क्षेत्रमा रहेको वरुण वृक्ष । तस्बिर : नयाँ पत्रिका
शिवहरि घिमिरे काठमाडाैं
२o८१ जेठ ३ बिहीबार ११:४२:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

ललितपुर महानगर क्षेत्रमा भेटिए दुर्लभ रूख

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार ११:४२:oo

नौ सय वर्षसम्म हरियै, रूख काटे ज्यानै जाने किंवदन्ती

ललितपुर महानगरपालिकाले इतिहास बोकेका रूखहरूको अध्ययन तथा खोजी गरेको छ । वनस्पतिविद्को टोली खटाएर महानगरभित्र रहेका रूख तथा बोटबिरुवाबारे अध्ययन गरेको हो । 

दुईजना वनस्पतिविद् पुष्पमान अमात्य र हरिकृष्ण सैंजूलाई महानगरले २९ वटै वडामा रहेका रूखबिरुवाको अध्ययन गर्ने जिम्मा दिएको थियो । उनीहरूले ६ महिना लगाएर अध्ययन गरी असार ०७९ मा प्रतिवेदन बुझाएका थिए । उक्त प्रतिवेदन र अध्ययनकै आधारमा महानगरले पुराना रूख संरक्षण गर्न थालेको जनाएको छ । रूखको संख्या यकिन र ऐतिहासिक रूखको संरक्षण गर्न अध्ययन गरिएको महानगरका प्रवक्ता राजु महर्जनले बताए । ‘महानगरपालिकामा हरियाली तथा शीतलता दिने रूखको संख्या कति छ, कस्ता–कस्ता रूख छन् भनेर जान्न र ती रूखको संरक्षण गर्न अध्ययन गर्न लगाएका थियौँ,’ प्रवक्ता महर्जनले भने, ‘विज्ञहरूको अध्ययनकै आधारमा पुराना र संरक्षण गर्नुपर्ने रूख परिचान भएका छन् ।’ 

कस्ता रूख छन् महानगरभित्र ?
वनस्पतिविद्ले मुख्यतः ललितपुर महानगरभित्र ३२ प्रजातिका रूखबिरुवा पहिचान गरेका छन् । उक्त अध्ययन प्रतिवेदनलाई ‘च्याम्पियन ट्रिज अफ ललितपुर मेट्रोपोलिट्यान सिटी’ पुस्तकका रूप पनि दिइएको छ । पुस्तकमा महानगरपालिकाभित्र रहेका सबैखाले महत्वपूर्ण रूखबिरुवाबारे उल्लेख गरिएको छ । अध्ययनपछि वनस्पतिविद्ले बढी महत्वपूर्ण रूख संरक्षण गर्न सुझाव दिएका थिए । अध्ययनका क्रममा वरुण वृक्ष, चिउरी, मसला, मोङ्की पजल, कोइरालो, तासिङ्वे, वोन सावन, कल्की, राजवृक्ष, खरी, लप्सी, कपुर, वर, स्वामी, रबर प्लान्ट, पीपल, लाँकुरी, काइयो, पुनवाले, चखुल्वा स्वान, ओखर, रूख कमल, आप, चिनियाँ धुपी, सुन चाँप, कनक चाँप, गुन्सी, चिलाउने, भालुकाठ आदि बिरुवा भेटिएको उल्लेख छ । यसमध्ये  सबैभन्दा धेरै पीपलका रूख छन् । अध्ययनपछि वनस्पतिविद्ले धेरै रूखको संरक्षण गर्नुपर्ने औँल्याएका थिए । 

बुढो भयो भन्दैमा रूख नकाट्न सुझाव
वनस्पतिविद् पुष्पमान अमात्य इतिहास बोकेका यस्ता रूख बुढो भयो भनेर काट्न नहुने धारणा राख्छन् । उनका अनुसार रूखबिरुवा लिभिङ हेरिजेट हुन् । लुम्बिनी क्षेत्रको विकासका क्रममा पनि यसअघि सयौँ वर्ष काटिएको थियो । चर्को विरोध पनि भयो । पछि वनस्पतिविद् अमात्यको टोली पुगेर रूखका हाँगा टिस्यु कल्चर प्रविधिमार्फत अन्य ठाउँमा रोपेको थियो । अध्ययनका क्रममा ललितपुर महानगरपालिका–१९, कुमारीपाटीनजिकै अग्निशाला क्षेत्रमा एउटा महत्वपूर्ण रूख फेला परेको छ । त्यो रूखको नाम ‘वरुण वृक्ष’ हो । त्यहाँ बडेमानको यो वृक्ष निकै झाँगिएको छ । यसका जरा पलाएर सात–आठ ठाउँबाट बाहिर निस्किएका छन् । 

पुल्चोकमा भेटियो दुर्लभ भालुकाठ रूख
अध्ययनकै क्रममा पुल्चोकस्थित श्रीमहलपरिसरमा भालुकाठ नामको दुर्लभ रूख फेला परेको छ । यो एउटा सुन्दर आकारको बास्नादार रूख हो भने विशेष गरी नेपालको पूर्वी भेगमा पाइन्छ । यो नेपालकै रैथाने रूख हो । अन्य देशमा यसलाई दुर्लभ प्रजातिको रूख मानिने वनस्पतिविद् अमात्यले जानकारी दिए ।

ad
ad