मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
Invalid date format १९:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जिप दुर्घटनामा दुईको मृत्यु, चार घाइते 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:५१:oo

मुगुको सोरु गाउँपालिका– ८ कचियामा आज अपराह्न साढे पाँच बजेतिर बोलेरो जिप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्युु भएको छ। चारजना घाइते भएका छन्।

सदरमुकाम गमगढीदेखि सोरु गाउँपालिकाको केन्द्र सोरुकोट जाँदै गरेको कर्णाली प्रादेश ०२–००१ ज ००५९ नम्बरको बोलेरो जिप सोरु गाउँपालिका– ६ कच्चेगाउँनजिकै रहेको चारमोड भन्ने स्थानमा दुर्घटना भएको हो। 

दुर्घटनामा चालक र एक महिलाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। 

मृत्यु हुनेमा मुगुको सोरु गाउँपालिका– ७ का २२ वर्षीय चालक कविराज नेपाली र सोरु गाउँपालिका– २ जरेपानीकी २६ वर्षीया कुुसुम नेपाली छन्। दुर्घटनामा मन्जने नेपाली, सर्जन नेपाली, हिरासिंह नेपाली र प्रेम नेपाली घाइते भएका छन्। घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको बताइएको छ।

सामान्य घाइते रहेका प्रेमबाहेक अन्यलाई उपचारको लागि प्रहरीले उद्धार गरेर मुगु जिल्ला अस्पताल पुर्‍याएको छ।

दुर्घटनाग्रस्त जिप सडकबाट करिब एक सयमिटर तल खसेको छ।